संसदको अर्को बैठक आइतबार

संसदको अर्को बैठक आइतबार

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आघा घन्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्ने भएको छ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।

विशेष कारणवस आज पुन: बैठक बस्न नसकेको जनाउँदै प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम(३) अनुसार बैठक आइतबारका लागि तोकिएको संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जनाएका छन्।

राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले पूर्वप्रधानमन्त्री तथा उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको  कांग्रेसको आरोप छ।

बिहीबार पनि कांग्रेसले सोही विषय उठाएर बैठक अवरुद्ध पारेको थियो।तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.