सँगै ‘रक्सी’ पिएपछि मध्यरातमा साथीको हत्या

सँगै ‘रक्सी’ पिएपछि मध्यरातमा साथीको हत्या

झापा : झापाको विर्तामोड नगरपालिक-२ चारपानेमा आगोले जलेको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो । स्थानीय एनकुमार राजवंशीको परालको कुन्यूमा सोमबार आगो लगाइएको स्थानमा शव भेटिएको थियो । प्रहरीले बिहीबार उक्त घटना गराउने अभियुक्तलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । 

घटनाको रहस्य
साथीसँगै बसेर मादक पदार्थ सेवन गर्दा भएको सामान्य भनाभनमा हत्या भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ । सधैझै सोमबार साँझ विर्तामोडस्थित चारपानेमा स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा रक्सी खान तीन मजदुर बसेका थिए । उनीहरु प्रत्येक साँझ झै पसलमा पुगेका थिए ।

रक्सी पिएपछि भारतीय नागरिक ४० वर्षीय सुवान शेखलाई उनकै साथी विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले सामान्य भनाभनपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट सुरु भएको छ । 

सुवानलाई इँटाले टाउकोमा हानेर टाउँको फुटाएपछि धारिलो हतियार प्रयोग गरेर उनको लिङ्गसमेत काटेको बयान प्रहरीलाई दिएका छन् ।  करन चौधरीले बयानमा भनाभनको क्रममा सुवानले आमाको नाम लिएर जथाभावी ढंगले बोलेपछि रक्सी खाएको सुरमा हत्या गरेको स्वीकार गरेका छन् । 

प्रहरीले हत्या आरोपितलाई  घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

घटनास्थल 
स्थानीयले मंगलबार चारपानेमा जलेको शव भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्तामोडको टोली घटनास्थलमा पुगेको थियो । शवको वरपर रगत लतपतिएको  र शवको अवस्था हेर्दा धारिलो हतियार प्रयोग गरेर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान थियो । 

शव जलेको हुँदा अनुसन्धानमा समस्या परेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । 

‘१० वर्षदेखि चारपानेमा ससुरालीमा परिवारसँगै बस्दै आएका सुवान केही महिना यतादेखि स्थानीय ऐन कुमार राजवंशीको घरमा एक्लै भाडामा बस्दै आएका थिए’, उनले भने, ‘घटनाको प्रकृति हेर्दा परालको कुन्यूभित्र मान्छे राखेर बाहिरबाट आगो लगाएको अनुमान गर्न सकिन्छ ।’ 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालका अनुसार अभियुक्तले आगो लगाउनुअघि श घिसारेर फाल्न खोजेको देखिन्छ । 

‘शवलाई घिसारेर नालामा फाल्न खोजेका र त्यहाँ छिटै थाहा हुन्छ भन्ने लागेपछि नजिकैको कुन्यूभित्र हालेर आगो लगाइएको देखिन्छ’, कोइरालाले भने । 
घटना भएको आसपास बस्ने स्थानीय मजदुर भारतीय नागरिक केही दिनदेखि हराइरहेको जानकारी आएसँगै उनै मजदुरको खोजीमा लाग्दा हत्यारा पत्ता लागेको कोइरालाले बताए ।

अभियुक्तले संवेदनशील अंक काट्न प्रयोग गरेको चक्कु, मृतकले प्रयोग गरेको मोबाइल, सिमकार्ड र लाइटर बरामद गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.