विजयपुर खोला कटाउन्या सजाय दिनू
भेटघाट सम्पर्क बढ्दै गयाछ। यौन सम्पर्क भइसकेपछि भेटघाटमा कमी हुन्या कुरै भयान। गैह्र सामाजिक कार्यले समाजमा असन्तोष बढ्दै गया छ।
इति संवत् २००६ साल
दर्ता नं. १२० निवेदन नं. १११
इजलास
डिट्ठा : गुरुदत्त पाध्या
बिचारी : कुलध्वज थापा
विषय : श्रीमती शकुन्तला समेतको विरुद्धको, मुद्दाको तहकिकात फैसला।
वादी अंशियाराको निवेदन र ब्यान अनुसार प्रतिवादी शकुन्तला बर्मामा जन्मी हुर्की पढ्ने लेख्न्या भयाकी। उनको सोह्र वर्षको उमेरमा स्व. श्री गुणराज पाध्यासँग बर्मामा नै विवाह भयाको। उनीबाट चार जायाजन्म समेत भयाका। पति गुणराज पाध्या अंग्रेज सेनामा कार्यरत रहँदा आन्तरिक हिंसा नियन्त्रण गर्ने क्रममा बारुदी विस्फोटनमा परी बेपत्ता भयाछन्। खोजविन गर्दा पनि पत्तो नलागेपछि फेला नपरेका सेनासरह मृत घोषणा गरी पिन्सिन पट्टा दिई पठाया छन्।
निज विधवा आफ्ना सन्तान सहित पतिको जन्मघर पश्चिम ३ नं कास्की ग्राम बाटुलेचौर बडहरबोटमा आई पतिको अंश हुकदैया गरी कमाई खाइरहेकीमा ऐ. ऐ. बस्ने विदुर श्रीधरसँग हिमचिम बढ्दै गया छ। आपसमा कामको सहायता र खर्चको आदान प्रदानले झन् झन् नजिक बनाउँदै लग्या छ। मेलापात, जंगल, घाँस दाउरा, पानी पधेँरो जाँदा पनि सँगै हुन थाल्याछन्। त्यसैको हल्ला गाउँभर चुलिया छ।
फिरादवालाको दाबी अनुसार पटक पटक अंशियार र छिमेकीले सम्झाउने कोसिस गरिरहे पनि चाल चलनमा सुधार भयानछ। समाजले धैर्य राख्या पनि उनीहरूले धैर्य खोल्दै गयाछन्। भेटघाट सम्पर्क बढ्दै गयाछ। यौन सम्पर्क भइसकेपछि भेट घाटमा कमी हुन्या कुरै भयान। गैह्र सामाजिक कार्यले समाजमा असन्तोष बढ्दै गया छ। रंगेहात समाते छन्। सम्झाई बुझाई गर्दा सम्झाउनेलार्ई नै गाली बेइज्जती गन्र्या, नराम्रा शब्दको प्रयोग गन्र्या, होच्याउन्या कार्या गन्र्या थालिछन्। धर्मको समेत आस्था गिराउन्या जस्ता हरकत गरिरह्याकाले परम्परादेखि चलिआयाको चाल चलन र संस्कार नै छिन्न भिन्न हुने लक्षन सम्भावना बढ्दै गयाको देखियाकाले निजहरूलार्ई हाडनाता करणी ऐन र समाजमा बेथिति फैलाउने र पञ्चलार्ई समेत गाली बेइज्जती गन्र्याकोे सामाजिक अपराध गाली बेइज्जती ऐनका दफा दफाले किटान गर्याका हदसम्मको सजायाँ गराई पाऊँ भनी दस गाउँका मुखिया पञ्च भलाद्मी द्वारे समेतले संयुक्त रूपमा चढाएको निवेदनमा मुक्तियारी जर्नेलको कार्यालयबाट समेत सिफारिस भई आयाको।
हकदैया हरिराज नीलराज र जयराज पाध्या लगायतका अंशियारको तर्फबाट ‘यो जनानी भ्रष्ट भई दश पुस्ताभित्रका नातेदारसँग करणी गरी रह्याकी। भात भान्सा समेत आफूले खाने र अरूलार्ई समेत खुवाई भतिया सबैलार्ई बोर्याएकी। त्यो सोझो बाहुनलार्ई उक्साई फसायाकीले त्यो जनानीलार्ई नाक चुल्ठो गराई पूर्वको मादीनदी कटाई पाऊँ’ भनी दियाको सक्कल निवेदन।
गाउँका पञ्चले रंगेहात समाई सुम्पुवा दियाकी भया पनि थुनुवालार्ई आफ्नै सफाइ र पुर्पक्षका लागि अड्डामा हाजिर गराई सफाइको मौका दिनुपन्र्या कास्की फैज्दारी कचहरीका डिट्ठा साहेबको आदेश भयाको।
सफाइको मौका दिँदा पनि आफूमाथि लगाइएका सबै आरोपहरू झुट्टा हुन्। कपोलकल्पित छन्। रतिभर सत्यता नभएका मित्थ्या हुन्। हो मैले श्रीधरसँग पवित्र प्रेम गरेकी हुँ। मैले प्रेम गरेबापत तपाईंले पल्टाइरहेको कानुनको किताबमा सजायको व्यवस्था छ भने मलार्ई प्राणदण्ड दिइयोस्। यी आरोपहरू रिसइबीले मात्र लगाएका हुन्। म ती आरोपहरू स्वीकार कदापि गर्ने छैन गर्दिनँ भन्दै लगातार प्राणदण्डको माग गरिरहेकी।
फौज्दारी कचहरीको ठहर
नेपाल सरकारको मुलुकको सवाल देशकै भयाकाले यसको मान्यता विपरीत कसैले कुनै कार्य गराउन्या पाउन्या छैन। यसका प्रतिकुल ऐनसँग बाझिएका घरेलु, क्षेत्रीय तथा जातीय कानुन स्वत: निष्क्रिय भई जान्याछन्।
हाडनाता करणी सम्बन्धी अपराधमा न्याय निरूपण गर्दा त्यस बखत बिन्तीपत्र सुनी राजामा जाहेर गन्र्या व्यवस्था मिलाउन्या। ११ दफाको सवाल जारी गरी काजी दलभञ्जन पाण्डेलार्ई नियुक्त गरियाको थियो। सो सवालको दफा ८ मा सर्वस्व हुने नाता (हाडनातामा) परेका खतुकी, स्वास्नी पारपाचुकी गन्र्या झगडा आयो भन्या आफ्ना मानिस साथ लगाई इटाचपली, डिट्ठा र अर्जवेगी (जेलर) कहाँ पुर्याई दिनु। त्यस्ता मुद्दा हेरी न्याय पाऊँ भनी कराउन आउन्याको मुद्दा र अभियुक्तलार्ई त्यस्ता मुद्दा हेर्ने इटाचपली अदालतमा पठाइदिनू भन्याकाले त्यस्ता मुद्दा दलभञ्जन पाण्डे र वहाँको तालुकदारले हेर्न पाउन्या अधिकार क्षेत्र प्रदान गर्याको थिएन।
सो सवालको दफा नौमा अरू कचहरी अदालतमा हाम्रो झगडा सुनी छिनी दियानन्। धेरै दु:ख पाइयो। तर पनि पुर्पक्ष पायनौं। हामी गल्यौं, थाक्यौं भनी कराउन आया भन्या तिनको झगडिया झिकाई, पुर्पक्ष गरी जस्ताको तस्तै निसाफ पारी मुद्दा चाँडै छिनिदिनु भनियाको छ। अरू कचहरी अदालतमा परिरह्याको चाँडै नछिनिई प्रजालार्ई दु:ख भयाको बिन्तीपत्र पर्यामा वा सो कुराको जिकिर गरी कराउन आयामा त्यस्ताको मुद्दा छिटो छरितो रूपमा सत्य न्याय पारी चाँडै मुद्दा छिनिदिनु भन्ने व्यवस्था।
न्याय निरूपण गर्दा परम्परादेखि चलिआएको कानुनी रित, वर्तमान कानुनी व्यवस्था अनुसार यस फौज्दारी कचहरीमा छिटो न्याय फैसला गरिपाऊँ भनी द्वारे, मुखिया पञ्चहरू पटक पटक आइरह्याकाले प्रतिपक्ष झिकाई पुर्पक्ष गराइयाको हो। हाल प्रचलित ऐनका विभिन्न महलमध्ये यस मुद्दामा ‘पाध्या’ हाडनाताको महल आकर्षित देखिन्छ। उक्त महलको दफा तीनमा आफ्ना हाडमा सातदेखि १४ पुस्तासम्मका कन्या वा विधवा भात पायाका भयापनि न पायाका भयापनि यस्तासँग करणी गन्र्या पाध्या लगायतका ब्राह्मण जातको राजखत लाग्नाले ऐन बमोजिम सर्वस्व गरी जनै झिकी जात पतित गराई बस्याका ठाउँबाट निकाली दिनु। यस्ताको हातको भात चल्न्या छैन। पानी चल्न्या छ।
करणी गर्याका महलमा विधवा महिलाले हाडनाताका विदुरसँग करणी गर्यामा के सजायाँ गन्र्या भनी कतै उल्लेख भयाको देखिँदैन।
तथ्य कुरा बुझ्न प्रतिवादीको अर्को पक्ष फरार भइराख्याकाले एकतर्फी जस्तो देखिन गयाको पनि छ। तर कसुरदारहरूका छरछिमेकमा मुख बुझ्नेको रिपोर्ट लिइएकाले एकतर्फा भन्न नमिल्ने।
समाजमा शान्ति सुव्यवस्था कायम गरी समाज सञ्चालन गराई राख्न धर्मको मुख्य भूमिका रहँदै आयाको छ। धर्मको उद्देश्य पनि त्यही हो। समाजको संस्कार नै धर्मले स्थापित गर्याको हुन्छ। त्यही संस्कारले समाजको परिचय बोक्दछ। यस मुद्दाको न्याय निरूपण गर्दा तमाम पक्षलार्ई समेटन्या कोसिस गरियाको छ।
वादीका प्रतिवेदन तमाम साक्षी, ढोकाबाट गएका जासुसको मुख बुझाई, स्वयं प्रतिवादीले दियाको व्यान र संयुक्त पुर्पक्षका आधारमा निम्नका कुराहरू देखियाका छन् :
१– वादीको प्रतिवेदनमा दश पुस्ताभित्रको हाडनाता दाबी गर्या पनि चौध पुस्ताभित्रको ठहर हुन आएको। चौध पुस्ताभित्रको हाडनाता करणी गन्र्या अर्को पक्ष कचहरीमा हाजिर नभए पनि मुख बुझाइको आधारमा अर्को पक्ष विल्कुल सिधा छक्का पन्जा नजान्या देखिन्छ। त्यसकारण शकुन्तलाले नै उसलार्ई फसाएको हो भन्ने कुरामा बल पुग्याको देखिन्छ।
२– दश गाउँका पञ्च भलाद्मी द्वारे बसी अपराधको विषयमा केरकार अनि सम्झाई बुझाई गर्दा पञ्चलाई नै नानाभाँतीका अपशब्द प्रयोग गरी गाली बेइज्यती गर्याको। प्रचलित कानुनलार्ई धज्जी उडाई अपहेलना गर्याको र कानुनप्रति अनास्था गरेको देखिन्छ।
३– सनातनदेखि चलिआएको धर्म र संस्कारको निरन्तरताका स्रोतको आधारमा गीता पुराणलार्ई होच्याउने अनादर गर्ने। समाजको आस्था समेत पतित गराउन्या काम गरेको देखिन्छ।
दश गाउँको द्वारे, पञ्च, मुखिया, समाजका भलाद्मीहरूले गर्याको अनुरोध, मुख बुझाईका आधारमा यो कचहरी के निष्कर्षमा पुग्दछ भन्या फरार रहेका प्रतिवादी श्रीधर पाध्याको मुद्दा हाललार्ई मुल्तवी गन्र्या ठहर गर्दछ।
प्रचलित कानुनबाहेक अन्य कुनै कानुन प्रचलनमा नरहेकाले सामाजिक चलन सर्वमान्यतालार्ई समेत ध्यानमा राख्दै प्रचलित कानुन अनुसार नै निर्णय गर्नु पन्र्या जटिलता बीच मुद्दा तहकिकात किनारा लगाउनु पन्र्या। प्रचलित नियम कानुन अनुसारको माग, दाबी पुर्पक्षको सफाइ बयानका आधारमा प्रतिवादी शकुन्तलाको हकमा पैर्याएको नेल हतकडी छुटाई तीन वर्षको कैद सजाय भुक्तान भए पश्चात् राहदानी बनाई सोमा अपराध खुलार्ई विजयपुर खोला कटाउन्या सजाय दिनू भनी ठहर गर्याको छ। इति संवत
लेखकको संस्मरण ‘अनेरुवा’ पुस्तक प्रकाशित छ। यो अंश उनको उपन्यास ‘विधवा वासना’बाट।