मह उत्पादन घट्यो

मह उत्पादन घट्यो

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा मह उत्पादनका लागि नमुना मानिएको डडेल्धुरामा ६० प्रतिशतले उत्पादनमा कमी आएको छ। मह काड्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा ६० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जानकारी दिएको हो।

‘हिउँदे वर्षा अत्यधिक भएका कारण मौरी चरनका लागि बाहिर जान सकेनन्। मौरीमा एक किसिमको रोग देखा पर्‍यो’ कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलवहादुर बिष्टले भने, ‘यसले गर्दा मह उत्पादनमा कमी आएको हो।’

वर्षाका कारण अत्यधिक चिसो भएपछि मौरी घारमै बस्दा जम्मा गरेको मह खाने गर्छ। जम्मा गरेको मह मौरीले नै घारभित्रै खाइदिँदा कृषक मर्कामा परेको अधिकृत विष्टले बताए।

मह उत्पादनमा कमी आएपछि जिल्लाकै मह उत्पादनका लागि पकेट क्षेत्रका रूपमा रहेको क्षेत्रका किसान चिन्तित बनेका छन्। मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको छ। डडेल्धुराका बजारमा ९ सय प्रतिकिलोमा मह बिक्री भइरहेको छ। गत वर्ष ६ सय ५० रुपैयाँमा बिक्री भएको थियो। महको मूल्यमा वृद्धि भएपछि माग घटेको छ।

डडेल्धुरामा करिब १२ हजार मौरी घारमा मौरीपालन हुँदै आएको कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांकमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.