भारतीय विदेश मन्त्रालयको प्राथमिकतामा नेपाल

भारतीय विदेश मन्त्रालयको प्राथमिकतामा नेपाल

नयाँ दिल्ली : भारतीय विदेश मन्त्रालयले नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ। गत साता भारतीय विदेश सचिवको पदभार सम्हालेका हर्षवद्र्धन श्रृंगलाले नेपाल भारतको उच्च प्राथमिकतामा रहेको बताएका हुन्। भारतले छिमेक पहिलो नीतिअन्तर्गत रहेर कूटनीति अघि बढ्ने पनि स्पष्ट पारेको छ।

विदेश मन्त्रालयमा शुक्रबार नेपाल, बंगलादेश, चीन र माल्दिभ्सका राजदूतसँग विदेशसचिवले भेट गर्दै मुलुकका कूटनीतिक निकायसँग अन्तरक्रिया थालेका हुन्। नेपालका राजदूत निलाम्बर आचार्यले श्रृंगलासँग पहिलो भेट गरेका थिए। शिष्टाचार भेटमा राजदूत आचार्यले विदेश सचिव श्रृंगलालाई नयाँ जिम्मेवारीकालािग बधाइ तथा शुभकामना दिएका थिए।

शुक्रबार साउथ ब्लकस्थित विदेश मन्त्रालयमा सचिव श्रृंगलाको कार्यकक्षमा भएको औपचारिक भेटमा दुई देशीय चासो र हितका विविध विषयमा कुराकानी भएको राजदूत आचार्यले अन्नपूर्णलाई बताए। ‘दुई देशका सम्बन्धको निकटता, घनिष्टता बढाउने विविध आयामका विषयमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो’, उनले भने, ‘नेपाली भाषामा समेत केही कुराकानी भयो।’ उनी दार्जिलिङको नेपाली पृष्ठभूमिका कूटनीतिज्ञ हुन्।

आधाघण्टा भन्दा कम नै भएको भेटवार्तामा दुईपक्षीय समग्र विषयमा छलफल भएको छ। पछिल्लोपटक उठेको सीमाको विषयमा भने राजदूत खुल्न चाहेनन्। उनले भने, ‘दुईपक्षीय हितका सबै विषयमा समीक्षा भयो। के के विषयमा कुरा भयो बिस्तृतमा नजाऔं।’ कालापानी क्षेत्रको विषयपछि भारतले दुईपक्षीय सचिवस्तरीय बैठक गरेर समस्या समाधान गर्ने भने पनि त्यसमा काम हुन नसकेको अवस्थामा भएको भेट अर्थपूर्ण छ। शुभकामना व्यक्त गर्न भएको भए पनि नेपालले वार्ताका लागि भारतसँग पहल गरिरहेको विषयमा दुईपक्षीय छलफल भएको दूतावास स्रोतले बतायो। भारतले यसअघि फागुन महिनामा परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने बताएको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेवरहुड फस्र्ट नीतिअन्तर्गत भएको भेट भन्दै ट्विट गरेका छन्। उनले ट्विटमा लेखेका छन्, ‘भारतको नेवरहुड फस्र्ट नीतिअन्तर्गत विदेश सचिव श्रृंगलाले नेपालका राजदूत आचार्यसँग विदेश मन्त्रालमा भेट गर्नुभएको छ। दुई मुलकबीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढेकोप्रति सन्तोष व्यक्त गर्दै घनिष्ट सम्बन्धलाई थप मजबुत बनाउन सँगै काम गर्ने बताउनुभएको छ।’

नेपालमा कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा भएको सीमा विवाद पछि दुवै मुलुकका विदेश सचिवस्तरीय वार्ताबाट समाधान निकाल्ने कुटनीतिक तहमा सहमति भएपछि भारतीय विदेश सचिवको नियुक्ति पर्खिएको थियो। सबै कुरा सामान्य रहेमा श्रृंगलाको नियुक्तिपछि यही फागुनको अन्तिम साता बार्ता बस्ने नेपाली पक्षले अनुमान छ।

नेपालका लागि नवनियुक्त राजदूत विनयमोहन क्वात्राले फेब्रुअरीको अन्तिम सातासम्म पदभार सम्हाल्ने देखिएको छ। त्यसैले पनि यी सबै कुरा सहज भइसकेपछि मात्र वार्ताका कुरा अघि बढ्ने देखिन्छ। कुटनीतिक नियोगका प्रमुखसँग भेटमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको देखियो।

आचार्यले दोभाललाई पनि भेटे

राजदूत आचार्यले यसै साता भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग बुधबार शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा भएको उनले बताए। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार गरेको प्रतिवेदन, सीमा समस्या, प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतको विषयमा छलफल गरेको भारतीय कूटनीति स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.