राज्यमन्त्रीकै ट्रेडमार्क विवादमा

राज्यमन्त्रीकै ट्रेडमार्क विवादमा

काठमाडौं : दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट प्रालिको उत्पादन ‘कुरकुरे’ ट्रेडमार्क विवादमा परेको छ। पाटन उच्च अदालतले कुरकुरे ट्रेडमार्क विवाद सल्टाउन उद्योग विभागलाई जिम्मा दिएको छ।

झण्डै १० वर्षअघि बहुराष्ट्रिय खाद्यान्न उत्पादक कम्पनी पेप्सीको ईंकले आफ्नो उत्पादनको ट्रेडमार्क चोरी भएको भन्दै उद्योग विभागमा उजुरी दिएको थियो। २०६६ फागुन ६ मा अमेरिकी कम्पनी पेप्सीको ईंकले विभागमा उजुरी दर्ता गराएको थियो। तर, हालसम्म यो मुद्दामा विभागले कुनै प्रक्रिया अघि बढाएको छैन। उच्च अदालत हुँदै अहिले यो विवाद पुनः उद्योग विभागकै क्षेत्राधिकारमा पुगेको छ।

ट्रेडमार्क चोरी गरेको आरोपमा मुद्दा खेपिरहेको दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट प्रालिका मालिक मोतीलाल दुगड आफै उद्योग राज्यमन्त्री छन्। उनै दुगडको कम्पनीविरुद्धको मुद्दा छिनोफानो गर्न उद्योग विभागका पदाधिकारी उदासीन छन्।

कुरकुरे ब्रान्डलाई दाबी गर्दै अर्को कम्पनी मेरिगोल्डले पनि दुगडबिरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दायर गरेको थियो। मेरिगोल्डले २०६६ साउन ६ मा कुरकुरेको ब्रान्ड आफ्नो हो भन्दै अदालतमा रिट दायर गरेको थियो। यो विषयमा गत् २०७४ कात्तिक १४ गते सर्वाेच्च अदालतले उद्योग विभाग, उच्च अदालत हुँदै आउनुपर्नेमा मुद्दा सोझै रिट दायर गरेको भन्दै मेरिगोल्डले दायर गरेको रिट खारेज गरेको थियो। यो मुद्दामा ट्रेडमार्क कसको हो भन्ने निक्र्याेल हालसम्म सरकारले गरेको छैन।

‘वर्षाैंसम्म कुरकुरे विवाद सर्वाेच्च अदालतमा लम्बिएकाले हामी हात बाधेर बस्यौं’,विभागका एक अधिकारीले भने, ‘अहिले उनै व्यक्ति मन्त्रालयमा राज्यमन्त्री भएर आएका छन्। शक्तिशाली पार्टीका राज्यमन्त्री भनेपछि झन् अहिले विभागका हाकिम बोल्दै बोल्दैनन्।’

२०६६ देखि नेपालमा कुरकुरे उत्पादन गर्ने दुगड स्पाइसेस एन्ड फुड्स र अमेरिकी कम्पनी पेप्सीकोबीच मुद्दा चलिरहेको छ। दुगड ग्रुपले २०६३ सालमा कुरकुरे नामको ट्रेडमार्क दर्ता गरेको थियो।

भारतमा २०५५ सालदेखि उत्पादन सुरु भएको कुरकुरे केही वर्षमै नेपाल भित्रिएको थियो। निकै लामो समयदेखि नेपालमा बिक्री गर्दै आएको पेप्सीकोले भने २०६४ सालमा मात्रै ट्रेडमार्कका लागि विभागमा निवेदन दिएको थियो। त्यसपछि कुरकुरे नेपालीको हुने की पेप्सीकोको भन्ने मुद्दा चलिरहेको छ।

गत असोजमा पाटन उच्च अदालतले कुरकुरेको मुद्दा उद्योग विभागससँग सम्बन्धित भएकाले विभागले नै फैसला गर्नुपर्ने रायसहित मुद्दा फिर्ता पठाएको थियो। नेपालमा दुगड स्पाइस एन्ड फुड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहू मिल्ने भारतलगायत तेस्रो मुलुकबाट हुने आयातमा रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो।

मुद्दा चलिरहेकै अवस्थामा २०७४ मंसिर ६ गते पाटन उच्च अदालतले कुरकुरे ब्रान्ड नेपाली उत्पादक दुगड ग्रुपको भएको भन्दै विदेशी कुरकुरे आयातमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो। यद्यपि, लामो बहसको केही समयपछि अदालतले विदेशबाट आयात हुने कुरकुरेमा रोक लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिन सकेन। विभागले पेप्सीकोसँग लिखित जवाफ प्राप्तिका लागि प्रयास गरिरहेको कानुनतर्फका निर्देशक टंकबहादुर राउतले बताए। उनले भने, ‘अमेरिकी कम्पनी पेप्सीकोका अधिकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।’

पेरिस महासन्धिको समर्थक मुलुक भएकाले पेप्सीकोले सन्धिको नियमअनुसार नेपालले उक्त ब्रान्डको रक्षा गर्नुपर्ने अडान लिइरहेको छ। पहिला दर्ता भएको आधारमा अरु कम्पनीले ट्रेडमार्क दाबी गर्न नपाउने दुगड स्पाइसेजको भनाइ छ। कुरकुरे ब्रान्ड आफ्नै हुनुपर्ने भन्दै पेप्सीकोले उद्योग विभागमा ट्रेडमार्क दाबी विरोधको मुद्दा दायर गरे पनि विभागले अहिलेसम्म फैसला गरेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.