कर्णाली प्रदेश अस्पताल : बिरामीको चाप थेग्नै हम्मे

कर्णाली प्रदेश अस्पताल : बिरामीको चाप थेग्नै हम्मे

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालको स्तरोन्नति भएसँगै यहाँ बिरामीको चाप बढेको हो। तर, दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको चाप थेग्ने मुस्किल भएको छ। प्रदेश अस्पताल भएपछि हाल दैनिक एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्।

तर, डाक्टरको संख्या कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ। यसअघि यही अस्पतालले सामान्य रोगका बिरामीलाई पनि जिल्लाबाहिर रेफर गर्दै आएको थियो। तर, हाल विशेषज्ञ सेवा उपलब्ध भएपछि बिरामीको चाप पनि बढेको हो। मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको यो अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ७५ जना डाक्टरको दरबन्दी छ।

दरबन्दीमा सात जना विशेषज्ञ चिकित्सक र एकजना मेडिकल अधिकृत गरी आठ जना मात्रै कार्यरत छन्। यस्तै अस्पतालमा ५० जना डाक्टरको दरबन्दी छ। २५ जना मेडिकल अधिकृतको दरबन्दी छ। तर, उक्त दरबन्दीमा एक जना मात्रै मेडिकल अधिकृत कार्यरत छन्। दरबन्दीअनुसार डाक्टर नहुँदा अस्पतालले करार कर्मचारीको भरमा काम चलाउँदै आएको छ।

‘अस्पतालमा ५० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा सात जना र २५ जना मेडिकल अधिकृतको दरबन्दीमा एक जना मात्र कार्यरत छन्,’ अस्पतालका मेडिकल अधिकृत विनोद बस्नेत भन्छन्, ‘दरबन्दीअनुसार डाक्टर नहुँदा करारमा भर्ना भएका डाक्टरको भरमा काम चलाउँदै आएका छौं।’ अस्पतालले १५ जना विशेषज्ञ चिकित्सक र २२ जना मेडिकल अधिकृत करारमा राखेर सेवा दिँदै आएको छ।

अस्पतालको सेवामा सुधार हुन थालेपछि बिरामीको भीड बढ्न थालेको छ। अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार ओपीडी सेवा लिन दैनिक सातदेखि आठ सयसम्म बिरामी आउँछन्। आपतकालीन सेवा लिन पनि दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेका छन्।

अस्पतालले स्त्री तथा प्रसूति विभाग, शल्यचिकित्सा विभाग, मेडिसियन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग र फिजियोथेरापी सेवा दिँदै आएको छ। तर मुटु रोग, न्युरो, मिर्गौला र क्यान्सरजस्ता ठूला रोगको उपचारका लागि भने कर्णालीवासी नेपालगन्ज, कोहलपुर, काठमाडौं र भारतको लखनउसम्म धाउनुपर्ने बाध्यता छ।

बिरामीको चापअनुसार डाक्टर नहुँदा सेवा लिन बिरामीले घण्टौंसम्म पालो कुर्नुपर्ने बाध्यता छ। दैनिक ‘अस्पताल आएको दुई घण्टा भयो, पालो आएकै छैन,’ उपचारका लागि अस्पताल पुगेकी वीरेन्द्रनगर–१ धारापानीकी जौका नेपालीले भनिन्, ‘बिरामी धेरै हुँदा घण्टौं लाइनमा कुर्नुपर्छ, तत्काल सेवा पाउने अवस्था छैन।’

बाहिर हेर्दा पूर्वाधार निकै आकर्षक देखिने अस्पतालमा सेवा लिन पुग्दा भने घण्टौं कुर्नुपर्ने बाध्यता छ। बिरामीको भीड बढेपछि अस्पतालले ९ बजेदेखि नै टोकन बाँढ्ने व्यवस्था मिलाएको छ। तैपनि, बिरामीले तत्काल सेवा पाउने अवस्था छैन। बिरामीलाई सेवा दिन ९ बजेनै ओपीडी सेवा दिने गरेको डाक्टर रविन खड्काले बताए। ‘दैनिक बिरामीको भीड बढिरहेको छ, खड्काले भने ‘बिरामीको चापअनुसार डाक्टरको दरबन्दी न्यून हो।’

०००

सुर्खेत ः १) वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल।

२) वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा उपचारका लागि पालो कुर्दै बिरामी। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.