प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेन्डा ?

प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं: संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ।बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

बैठमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६' का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले 'प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने र कृषि सहरकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नेलगायत कार्यसूचीमा उल्लेख छ।

प्रतिपक्षी दल कांग्रेसले गत बिहीबार र शुक्रबार अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

कांग्रेसका सांसदहरुले सरकारको इसारा र डिजाइनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितनिवास प्रकरणमा मुद्दा चलाएको आरोप लगाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.