गाउँ फेर्ने देशकै ‘कम्युन’

गाउँ फेर्ने देशकै ‘कम्युन’

बर्दिबास : एक छाकमा १० किलो चामलको भात पाक्छ। १३ परिवारका ४३ जना एकै ठाउँमा बस्छन्। भान्छादेखि खेतसम्म सबै मिलेर काम गर्छन्। कोही मन्त्री छन् त कोही शिक्षक। तर, उनीहरू एउटै वंशका होइनन् न त एउटै जातका।

हिमाल, पहाड, तराईका बाहुन, क्षेत्री, तमाङ, यादव, थारु, महतो, साह जस्ताफरक–फरक जातका मानिस एकै भान्छामा खान्छन्, एउटै परिवारमा बस्छन्। समाजमा व्यक्तिवादी सोचाइ हाबी भइरहेका बेला महोत्तरी बर्दिबास–३ स्थित गौरीडाँडामा १७ वर्षदेखि उनीहरू ‘आधारशिला’ परिवारमा बस्दै आएका छन्।

‘मेरो बच्चा, सबैको बच्चा, सबैको बच्चा मेरो बच्चा’ भन्ने भावबाट परिवारका अभिभावक प्रेरित हुन्छ। समाजमा जरा गाडेर बसेको जातपात, छुवाछुत, उचनिचको पर्खाललाई उनीहरुले भत्काएका छन्। घरका कोठामा माओ, लेनिन, कार्ल माक्र्सदेखि सहिद गंगालाल श्रेष्ठ, दुर्गानन्द झासम्मको तस्बिर झुन्ड्याइएको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिमा शनिबार आधारशिलाले वार्षिकोत्सव मनायो। देशभरबाट नेता, साहित्यकार आदि पाहुना बनेर आए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरल संस्थाका अभिभावक हुन् भने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ संरक्षक।महोत्तरीको गौरीडाँडामा ‘आधारशिला’ को सत्रौं वार्षिकोत्सवमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल । तस्बिर : राजकरण महतो

आधारशिला व्यक्तिवादी सोचलाई पाखा लगाउँदै सामूहिक विचारलाई अँगालेर अघि बढिरहेको आधारशिला परिवारका सदस्य शंकर महतोले बताए। आधारशिला परिवारका सदस्य तथा देउराली मावि बर्दिबासका प्रधानाध्यापक इन्द्रराज लामाका २०५९ सालमा शाही कुपछि एकता केन्द्र मसालले जनसंघर्ष थाल्ने निर्णय लियो। नेताकार्यकर्ताले आन्दोलन तताउन थाले। बालबच्चाको पालनपोषण र पढाइलेखाइ कसरी गर्ने भन्ने चिन्ता बढ्दै गयो। ०५९ माघ २५ गते महोत्तरीको किसाननगरमा पार्टी बैठक बस्यो। ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’ भन्ने नाताका साथ आधारशिला जन्मियो।

आधारशिला स्थापनापछि गौरीडाँडाको मुहार फेरिएको छ। सामुदायिक विद्यालय सुधार गर्न नेतृत्व गर्नेले पहिला आफ्ना बच्चा पढाउन पढाउनुपर्छ भन्ने सोचाइ आधारशिलाले अघि सार्‍यो। बच्चाहरुलाई नजिकैको जनता माविमा पढाउन थालियो। २०६९ सालमा २६४ जनमा विद्यार्थीले मुस्किलले चल्दै आएको विद्यालयमा हात ३६ जिल्ला एक हजार दुई सय विद्यार्थी अध्ययन गर्ने गन्तव्य बनेको बर्दिबास नगरपालिका–३ वडा अध्यक्ष राजन ढुंगानाले बताए।

आधारशिलाले समाजमा सूचना सम्प्रेषण गर्न सामुदायिक रेडियो दर्पण स्थापना गरेको छ। मुखपत्रका रुपमा ‘प्रस्थान’ प्रकाशन गर्दै आएको छ। परिवारको खाना जुटाउन धनुषाको लालगढमा एक बिघा जग्गा भाडामा लिएर खेती गरिएको छ। अधारशिलाको आनो १५ कठ्ठा खेतमा तरकारी उब्जाउने गरिएको परिवारका सदस्य माधव कोइरालाले बताए।

‘तत्कालीन कार्यकर्ताका बालबच्चाको पालपोषण र क्रान्तिकारी आन्दोलन निर्णयमा पुर्‍याउन सेल्टर रुपमा आधारशिला स्थापना भएको थियो। अधारशिला ‘कम्युन’ उन्मुख छ’, नेकपा प्रवक्ता श्रेष्ठले भने। नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आधारशिलालाई नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ प्रयोगको संज्ञा दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.