कोरोनाबाट मृत्यु हुनेको संख्या सार्सको भन्दा बढी

कोरोनाबाट मृत्यु हुनेको संख्या सार्सको भन्दा बढी

बेइजिङः चीनमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

करिब २० वर्षअगाडि सार्स भाइरसको संक्रमण फैलँदा मर्नेको संख्याभन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या बढी भएको हो । सन् २००३ मा 'सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम' वा सार्स भनिने भाइरसको संक्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।

आइतबारसम्म चीनको हुबेइ प्रान्तमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ७८० पुगिसकेको छ । चीनबाहिरका दुईजनाको मृत्यु भएको छ ।

तर कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ । कोरोनाभाइरसले ३७ हजार २ सय ५१ मानिस संक्रमित भएको सिजिटियनमा उल्लेख छ ।

गत महिना विश्व स्वास्थ्य संस्थाले यसलाई विश्व जनस्वास्थ्य सकंटको घोषणा गरेको थियो। हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीले शनिबार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन्। हुबेइ प्रान्तमा ६० वर्षीय अमेरिकी नागरिकको पनि भाइरस संक्रमणका कारण मृत्यु भएको हो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.