बीबीआईएन सडक सञ्जाल विस्तार : भुटान बन्यो वाधक

बीबीआईएन सडक सञ्जाल विस्तार : भुटान बन्यो वाधक

नयाँ दिल्ली : बंगलादेश, भुटान, भारत र नेपालको उपक्षेत्रीय सञ्जाल (बीबीआईएन)का सदस्य राष्ट्रबीच सीमापार सडक सञ्जाल विस्तार गर्न भएको मोटरवाहन सम्झौता (एमभीए) मा भुटान बाधक बनकोे छ। आफ्नो सुरक्षा र शान्ति खलल पर्ने भन्दै साझा यात्रुवाहक र कार्गो सवारीसाधन सञ्चालनमा भुटान असहमत भएको छ। शनिबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न भुटानबाहेक तीन राष्ट्र सहमत हुँदै यसको प्रोटोकलमा अघि बढेका छन्। त्यसमा भुटान तीन देशीय सहमतिको साक्षीमात्र बसेको छ। प्रोटोकलमा हस्ताक्षरका लागि आन्तरिक प्रक्रिया चाँडै पूरा गर्ने भनिए पनि भुटानले यसलाई कुन रूपमा लिन्छ भन्ने अझै स्पष्ट छैन।

बीबीआईएन सदस्य राष्ट्रको संयुक्त कार्य समूहको बैठकमा भुटानले तत्काल सम्झौता कार्यान्वय गर्न नसक्ने अवस्थामा सहभागी तीन सदस्य राष्ट्र बंगलादेश, भारत र नेपालका प्रतिनिले कार्यान्वय गरेर जाने बताएका छन्। मोटरवाहन सम्झौताअन्तर्गत कार्गो र सवारीसाधनको आवागमनका लागि ड्राफ्ट प्रोटोकलका विभिन्न पक्षबारे विस्तृत छलफल गरेको भारतीय पक्षले शनिबार जानकारी गराएको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्झौतमा सहमत तीन राष्ट्रका प्रतिनिधिले एमभीएले अन्य अन्तर्राष्ट्रिय सम्झौता र समूहभित्र रहेका द्धिपक्षीय सम्झौत अन्तर्गत ‘ल्यान्ड लक’ मुलुकसहित सबै पक्षको अधिकार र दायित्व जोगाउने समझदारी दोहो¥याएका थिए। बीबीआईएन एमभीएको चुरो कुरा भनेकै एमभीए कार्यान्वयन गर्न भुटानको आन्तरिक सहमति नजुटनु रहेको छ। सन् २०१५मा भुटानको थिम्पुमा भएको बीबीआईएन राष्ट्रबीचको सम्झौतापछि यो सम्झौताा तीनै मुलुकका संसद्बाट पारित भए पनि भुटान यसमा सहभागी छैन। उसको भूमिका अझै पर्यवेक्षककै छ।

भुटानको पनि तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदनले यसलाई अस्वीकृत गरेको छ। माथिल्लो सदनले बीबीआइएनको मोटरवाहन सम्झौतााले आन्तरिक सुरक्षा र ट्रक व्यवसायी प्रभावित हुने कुरा उठाउँदै यसमा असहमति जनाएको थियो। त्यसपछि एमभीएको बैठकमा भुटानको उपस्थिति पर्यवेक्षकको रुपमा हुँदै आएको छ। एमभीए कार्यान्वयनको सम्भावनालाई भने भुटानले नकारेको त छैन। यो पटकको बैठकमा पनि भुटानको शाही सरकारको निर्णय अनुरुप भुटानी प्रतिनिधिमण्डल पर्यवेक्षकका रूपमा सहभागी भएका हुन्।

बैठकमा बंगलादेश,भारत र नेपालका प्रतिनिधि यो सम्झौताापत्रको अन्तिम चरणलाई द्रुत बनाउन विचार गर्न सहमत भए र भुटानले यसमा आफ्नो सहमति प्रस्ताव गरेकोमा कृतज्ञतासमेत व्यक्त गरेको भारतीय विदेश मन्त्रालायले जनाएको छ।

बैठकमा प्रतिनिधिमण्डलले बीबीआईएन एमभीए कार्यान्वय गर्न तीन देशले हस्ताक्षर गरेको सम्झौतााबारे पनि छलफल ग¥यो। दायित्व बिना बीबीआईएन एमभीए अनुमोदनका गर्न भुटानले आन्तरिक प्रकृयाको पूर्णतालाइ भने थाती राखेको छ।

बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल नेतृत्वको टोली सहभागी थियो। भारतका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव विक्रम डोराईस्वामी, बंगलादेश विदेश मन्त्रालयका दक्षिण एसिया डेस्कका महानिर्देशक मोहम्मद सरवर महमूदको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएका थिए। भुटानी पर्यवेक्षक टोलीको नेतृत्व सूचना तथा सञ्चार मन्त्रालयका कानुन अधिकारी पेम छिरिंगले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.