राजर्षी गुरुकुलमा ‘आनी’

राजर्षी गुरुकुलमा ‘आनी’

काठमाडौं : भक्तपुरको राजर्षी गुरुकुल स्कुलले हारोल्ड ग्रेजको नाटक ‘आनी’ प्रदर्शन गरेको छ। स्कुलका विद्यार्थी तथा शिक्षकको अभिनयमा नाटक प्रदर्शन गरिएको हो।

स्कुलले आरजी (राजर्षी गुरुकुल) ड्रामाअन्तर्गत आनी प्रदर्शन गरेको हो। स्कुलले गत वर्ष पनि ‘ब्युटी इज द बेस्ट’ नाटक प्रदर्शन गरेको थियो। विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नाटक प्रदर्शनलाई वार्षिक कार्यक्रम बनाएर प्राथमिकता दिइएको स्कुलका अध्यक्ष राजेश चौधरीले बताए। उनका अनुसार स्कुलका विद्यार्थी र शिक्षक नेतृत्वको टोलीले नाटक प्रदर्शन गरेको हो। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजित प्रदर्शनमा विद्यार्थी र अभिभावक गरी एक हजार पाँच सय जना सहभागी भएको स्कुलले जनाएको छ।

‘नाटकको उद्देश्य बालबालिकालाई किताबी विषयवस्तुमा मात्र सीमित नराखेर बाहिरी परिवेशमा कसरी आफ्नो जीवन व्यतीत गर्न सकिन्छ भन्ने सिकाउनु हो’, स्कुलका अध्यक्ष चौधरीले भने। नाटकमा कक्षा १ देखि ११ सम्मका विद्यार्थी सम्मिलित थिए।

नाटकमा आनी नामक एक टुहुरी केटीको जीवन भोगाइमा देखा परेका दुःखका क्षणहरू तथा धैर्य र साहसका कारण उनले आफ्नो जीवनलाई सार्थक तुल्याएको कथावस्तु छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.