श्रेष्ठको पुस्तक आठ भाषामा
काठमाडौं : पूर्वप्रहरी अधिकृत शिवजी श्रेष्ठको पुस्तक ‘द माओइस्ट इन्सर्जेन्सी इन नेपाल एन्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोरल’ थप आठ भाषामा प्रकाशित हुने भएको छ।
युरोपको प्रसिद्ध ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले उक्त पुस्तक अंग्रेजीमा छापेको थियो। विभिन्न भाषाका पाठकको माग आएकाले फ्रेन्च, जर्मन, इटालियन, स्पेनिस, डच, पोलिस, पोर्चुगिज र रसियन भाषामा पनि प्रकाशनको निर्णय गरिएको प्रकाशकले जनाएको छ। माओवादी युद्ध उत्कर्षमा पुगेका बेला डीएसपीबाट राजीनामा दिएका श्रेष्ठ त्यसयता बेलायतमा बस्दै आएका छन्।