दार्चुलामा एक वर्षमा ५१ को जनाको मृत्यु

दार्चुलामा एक वर्षमा ५१ को जनाको मृत्यु

दार्चुला : जिल्लाभरी गत आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २०७५÷७६ मा जिल्लाभरी ५१ जनाको मृत्यु भएको हो।

गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्या गरी १८ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा कम तीनजनाको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चालु आर्थिक वर्षको यो अवधिसम्म ७ जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् भने भवितव्य दुर्घटनाअन्तरगत ७ जनाको ज्यान गएको प्रहरी तथ्यांक छ । 

यस्तै, पानीमा डुबेर चालु आर्थिक वर्षमा ३ जनाको ज्यान गएको छ । गतवर्ष भवितव्यअन्तरगत १५ जनाको ज्यान गएको छ भने सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्रबहादुर शाहीले बताए। उनले भने,' सवारी दुर्घटनाअन्तरगत एउटा बस, दुईवटा जीप र एउटा मोटरसाइकल गरी जम्मा ४ वटा सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको हो ।
 
चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनामा भएको सवारी दुर्घटनामा एकजना, पुषमा एकजना र माघमा जीप दुर्घटनामा एक गरी जम्मा तीनजनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कमा रहेकोछ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.