मरेको चित्तल बोक्ने एम्बुलेन्स चालकमाथि अनुसन्धान सुरु

मरेको चित्तल बोक्ने एम्बुलेन्स चालकमाथि अनुसन्धान सुरु

दार्चुला : गोकुलेश्वरमा आइतबार एम्बुलेन्सभित्र चित्तलसहित समातिएका चालक महेशबहादुर बोहरामाथि अनुसन्धान सुरु भएको छ।  डिभिजन वन कार्यालय दार्चुलाले बोहरामाथि अनुसन्धान गर्न सहायक वन अधिकृत परमानन्द कुँवरलाई अनुसन्धान अधिकृत तोकेको छ।  

सोमबार जिल्ला अदालतबाट बोहरामाथि अनुसन्धान गर्न ७ दिनको म्याद दिएको श्रेस्तेदार किरण सिंहले बताए।  चालक बोहराको सोमबार प्रारम्भिक बयानसमेत लिएको छ ।

गोकुलेश्वरमा प्रहरीले एम्बुलेन्सभित्र चित्तल फेला पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सभित्र चित्तल बोकेर गाउँपालिका केन्द्रतिर लग्नेक्रममा प्रहरीले बरामद गरेको हो।  

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रबाट चित्तल मारेर ल्याइएको अनुमान छ।  मुद्दाको प्रक्रिया अगाडि बढाउन घटनामाथि अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत गोकुल रिजालले जानकारी दिए।  

  चित्तलको मासु, छाला र हड्डी प्रयोगशालाबाट परीक्षण गराइने र विज्ञबाटसमेत अध्ययन गराइने उनले बताए।  प्रहरी प्रतिवेदन, अनुसन्धान, प्रयोगशालाको रिपोर्ट र अभियुक्तको बयानका आधारमा मुद्दा अगाडि बढाइने डिभिजनल वन अधिकृत रिजालको भनाइ छ।
  
एमबुलेन्समा लिएको चित्तलको महत्वपूर्ण भाग निकालेर प्रयोगशालामा लगिएको छ।  बाँकी चित्तलको अंगलाई खाडलमा हालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

सजाय के हुन सक्छ ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम चित्तल बरामद भएको घटनाको मुद्दा अगाडि बढाउने तयारी छ।  डिभिजन वन कार्यालयले मुद्दाको अनुसन्धान पुरा गरेपछि दार्चुला जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ मा सजाय सम्बन्धी व्यवस्था छ।  दफा २६ को उपदफा (३) बमोजिम सजायको माग दाबी गर्न सकिने प्रारम्भिक निष्कर्षमा डिभिजन वन कार्यालयमा पुगेको छ ।

दफा २६ को उपदफा (३) मा वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएर २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।  चित्तल संरक्षित जनावरमध्ये नपर्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमर सिह धामीले बताए।  ऐनको दफा २८ मा गैर कानुनी कार्यमा प्रयोग गरिएको सवारी साधनलाई समेत जफत गर्न सकिने व्यवस्था रहको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.