पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना : चारको मृत्यु, ११ घाइते

पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना : चारको मृत्यु, ११ घाइते

परासी : मेला हेरेर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकाका चार जनाको मृत्यु भएको छ। घर जानका लागि चढेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए।

मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडले बताए। मृत्यु हुने सबै बुलिङ्टार–३ बतासा गाउँका हुन्। घटनामा बलबहादुर झेडीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको खाँडले जानकारी दिए। 

उनीहरु मंगलबार राति बुलिङटारको छरछरेमा लागेको मेला हेर्न गएका थिए। घटनास्थल रजहरबाट करिब १४ कि.मि. उत्तर पहाडी क्षेत्रमा पर्छ। पहाडी गाउँमा सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले उनीहरु ट्याक्टरमा घर जाँदै थिए। ट्याक्टरमा १७ जना चढेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.