कोरोना भाइरस आशंकामा जँचाउन गएका साउदी नागरिक टेकुबाट फरार
काठमाडौं : कोरोना भाइरस संक्रमणको आशंका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साथीलाई जचाउन गएका एक जना फरार भएका छन्। बुधबार साउदी अरबका नागरिकलाई चेकजाँच गराउन गएका उनी अस्पतालबाटै फरार भएका हुन्। अस्पतालले उनीहरुको नाम थाहा नभएको बताएको छ।
अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार साथीलाई चेकजाँच गराउन आएका उनी फरार भएका हुन्। ‘साथीलाई जाँच गराउन आउनु भएको थियो। हामीलाई तपाइँलाई पनि चेकजाँच गर्नुपर्छ भन्यौं’ पाण्डेले अन्नपूर्ण अनलाइनसँग भने ‘बाहिर गएर आउँछु भन्दै निस्किनुभयो, अहिलेसम्म आउनु भएन्।’