‘विराट एक्स्पो’ फागुन २ बाट

‘विराट एक्स्पो’ फागुन २ बाट

विराटनगर : स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन २ देखि १० गतेसम्म विराटनगरमा विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।

कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्नुको साथै उत्पादित वस्तुलाई उपभोक्तासँग जोड्ने गरी आयोजना गर्न लागिएको एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

‘आर्थिक विकासको मूल आधार उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पो विराटनगर २ स्थित शंकरपुरको खेल मैदानमा हुनेछ। एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विराट एक्स्पो २०७६ का संयोजक भोलेश्वर दुलालले बताए।

एक्स्पोले प्रदेश–१ मा लगानीको वातावरणसमेत सिर्जना गर्ने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए। एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको छ। अध्यक्ष घिमिरेले भने, ‘औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड, कृषिमा यन्त्रिकीकरण, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार हुने विश्वास लिएका छौँ।’

सम्भावित बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकबीच स्वस्थ्य प्रतिस्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै शिक्षा, स्वास्थ्य क्षेत्रको गतिविधिबारे जानकारी दिने आयोजकले जनाएको छ।

औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, अटोमोबाइल्स तथा पार्ट्स, विद्युतीय, घरायसी सामग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३ सय ४० वटा स्टल रहनेछन्। एक्पोमा एक अर्बको कारोबार हुने आयोजकको अनुमान छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, खानाका विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिबारे जानकारी, कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुको अलग–अलग प्रदर्शनी प्रमुख आकर्षण हुने आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताए।

राष्ट्रिय उद्योग÷व्यवसाय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा पर्यटन व्यवसायी, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायी, घरेलु तथा साना उद्योगका साथै अन्तर्राष्ट्रियमा भारत, बंगलादेश, पाकिस्तानका उत्पादन सामग्री रहनेछन्। प्रदर्शनीमा जुम्लाको स्याउ बरमझियाको पेडा, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, उदयपुरको खरायोलगायत स्टल रहनेछन्। प्रदेश १ सहित २ का सप्तरी, सिरहासँगै भारत विहारबाट पनि यसको अवलोकन हुने आयोजकले विश्वास लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.