ढुंगाना अर्थसचिव

ढुंगाना अर्थसचिव

काठमाडौं : सरकारले शिशिरकुमार ढुंगानालाई अर्थसचिवमा पदस्थापना गरेको छ। माघ २२ मा अर्थसचिव राजनखनाल सेवानिवृत्त भएपछि ढुंगानालाई नियुक्त गरिएको हो। ढुंगाना यसअघि राजस्व सचिवका रूपमा अर्थ मन्त्रालयमा कार्यरत थिए। ढुंगाना कात्तिकको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालयमा राजस्व सचिवका रूपमा भित्रिएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले झण्डै एक वर्ष काम गरे। प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुअघि उनी राजस्व सचिवकै रूपमा कार्यरत थिए। राजस्व प्रशासनमा लामो समय काम गरेका ढुंगानाले आन्तरिक राजस्व विभाग (१ नम्बर कर कार्यालय), राजस्व अनुसन्धान विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, भन्सार विभागमा रहेर काम गरेका थिए।

भन्सारको महानिर्देशक छँदा सचिव बढुवा भएका उनले छोटो समय सुदूर पश्चिमाञ्चलमा क्षेत्रीय प्रशासकका रूपमा काम गरेका थिए। त्यसपछि राजस्व सचिवमा उनको पदस्थापना भएको थियो। लामो समय अर्थ मन्त्रालय मातहत काम गरेका उनलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.