गौरवका आयोजनाको खर्च १८.७ प्रतिशत

गौरवका आयोजनाको खर्च १८.७ प्रतिशत

काठमाडौं : राष्ट्रिय गौरवका आयोजनाको खर्च यस वर्ष पनि न्यून देखिएको छ। अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष २०७६÷०७७ को बजेटको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवका आयोजनाको खर्च १८.७ प्रतिशत भएको प्रतिवेदन सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष राष्ट्रिय गौरवका २३ मध्ये २२ आयोजनाका लागि एक खर्ब दुई अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएकामा ६ महिनामा १९ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ।

चालु आवमा चार खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ। पुँजीगत खर्चको एक चौथाई बजेट विनियोज भएको क्षेत्रमा खर्च कम भएको छ। अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक खरिद नियमावली बारम्बार परिवर्तन भएकाले पुँजीगत खर्च अपेक्षाकृत रूपमा बढ्न नसकेको बताए। राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन र सञ्चालन गर्ने एकीकृत कानुन तर्जुमा नहुँदा अन्य आयोजना जस्तै यी आयोजनामा पनि कार्यविधिगत समस्या देखिएका छन्। आयोजनाको निर्माण मोडालिटी, कुल लागत, समयावधि, जग्गा प्राप्ति÷मुआब्जा, पुनर्वास र डीपीआरलगायत आधारभूत पूर्वतयारी बिना अघि बढाउँदा पनि समस्या देखिएको छ।

राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरिएका २३ मध्ये पाँच परियोजनाको खर्च शून्य छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, बूढीगण्डकी जलविद्युत् आयोजना, परिश्चम सेती जलविद्युत् आयोजना र विद्युत् प्रसारण आयोजनामा चालु आवमा वित्तीय प्रगति हुन सकेको छैन।

राजधानीलाई तराईसँग जोडने सबैभन्दा छोटो मार्ग काठमाडौं–तराई द्रुत मार्गको वित्तीय प्रगति न्यून देखिएको छ। चालु आबको पहिलो ६ महिनामा यो मार्गको वित्तीय प्रगति जम्मा २ प्रतिशत मात्र भएको छ।

चालु आवमा १५ अर्ब ७२ लाख रुपैयाँ विनियोजना भएकामा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा ढिलाइले गर्दा वित्तीय प्रगति सुस्त देखिएको छ। समीक्षा अवधिमा २९ करोड ९८ लाख रुपैयाँ मात्र खर्च भएको छ। समीक्षा अवधिमा सबैभन्दा धेरै खर्च माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा भएको छ। दोलखाको लामाबगरमा अवस्थित स्वदेशी लगानीमा निर्माणाधीन छ। ४ सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजना आव २०६७÷०६८ देखि सुरु भई आव २०७२÷०७३ मा सम्पन्न गर्ने लक्ष्य थियो। भूकम्प र भारतीय नाकाबन्दीलगायत कारणले आव २०७६÷०७७ मा सम्पन्न हुने संशोधित अनुमान छ।

आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहेकोमा निर्माण अवधि लम्बिन गई संशोधित लागत करिब ४९ अर्ब २९ करोड पुग्ने अनुमान छ। चालु आवमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकामा ६६ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। यो विनियोजित बजेटको ६६.७ प्रतिशत हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.