डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख र सहयोगी घुससहित पक्राउ
भैरहवा : डिभिजन वन कार्यालय नवलपुरको निमित्त कार्यालय प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बिहीबार दुई लाख रुपैयाँ घुससहित कार्यालयमै पक्राउ गरेको हो ।
कार्यालयले लिलाम (बिक्री) गरेको काठ सेवाग्राहीले सकारेर लैजान खोज्दा निमित्त प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीले माग गरेको दुई लाख रुपैयाँ घुससहित कार्यालयमै उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।