लक्ष्मण थारु अनशनमा

लक्ष्मण थारु अनशनमा

धनगढी : रेशम चौधरीको रिहाई र टीकापुर घटनापछि जेलमा रहेका थारुको रिहाइ माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले धनगढीमा आमरण अनशन सुरु गरेका छन्। उनको अनशनको एक्यबद्धता अन्य नेता कार्यकर्ताको रहेको छ।

धनगढी उपमहानगरपालिकाको क्याम्पस चौकमा उनले आमरण अनशन सुरु गरेका हुन्।  थरुहट र थारुवान मोर्चा कैलालीले एक औपचारिक कार्यक्रम नै गरी लक्ष्मणले अनशनको सुरुवात गरेका हुन्। 

मोर्चाका केन्द्रीय संयोजक थारुले शान्ति र सद्भावको लागि आन्दोलनमा जानु परेको बताएका छन्।  क्याम्पस चौकमा टेण्ट हालेर आमरण अनसनस्थल बनाइएको छ। राज्यले थारुको मागको सम्बोधन नगर्दासम्म आफ्नो अनशन जारी रहने थारुले बताए।

‘थारुमाथि अन्याय भएको छ। राज्यले आफ्ना मागको सुनुवाइ नगरेमा कडा रुपमा प्रस्तुत हुने छौँ’, अनशन अघि उनले भने। 

‘अब हामी अलिकति पनि बिचलित नभएर, देशको शान्ति र सद्भाव नबिगार्ने गरी आन्दोलनमा होमिएका छौं’, उनले भने। मोर्चाले आफ्नो पहिलो माग सांसद रेशम चौधरीको रिहाइको राखेको छ। रेशम चुनाव लगत्तैदेखि काठमाडौंको डिल्लीबजार कारगारमा रहेका छन्। 

उनी टीकापुर घट्नामा संलग्न भएको आरोपमा कैलाली जिल्ला अदालतको आदेशमा जेल परेका हुन।

मोर्चाले टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। 

मोर्चाले, टीकापुरमा आन्दोलन पश्चात २०७२ भदौ ८ गते कर्फ्यू तथा निषेधाज्ञाको क्रममा थारुको घर र पसलमा गरिएको आगजनी, लुटपाट तथा चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको माग गरेको छ।

नेपाल आदिवासी जनजाती खस क्षेत्री नेपाल, नेपाल राष्ट्रिय पार्टी, लिम्बुवान, खसान राष्ट्रिय संघर्ष समितिले पनि एक्यबद्धता जनाएका छन्। 

मोर्चाले शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शन गर्ने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.