मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

मेलम्चीको पानी असारसम्ममा ल्याउने गरी श्वेतपत्र जारी

काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ। बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन्।

 उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पुर्‍याउन प्रतिबद्ध रहेको पनि प्रस्ट पारिन्। उपत्यकावासी आशा भरोसा गरेर मेलम्चीलाई लामो समयसम्म कुरेको उनको भनाइ छ। उनले मन्त्रालयको कार्यतालिका अनुसार नै निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिइन्। 

पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो। सिनो हाइड्रोसँग असोज १२ मा सुरुङ निर्माणका लागि र  असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो। 

‘चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले दु्रतगतिमा काम गरिरहेको छ’ मगरले भनिन्, ‘पटक–पटक पारिएको निराशाको हामी सन्निकटमा रहेका छौँ।’ मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीका बारेमा आमनागरिकमा रहेको भ्रम हटाउन श्वेतपत्र जारी गरिएको जानकारी दिए।   मेलम्चीका विषयमा फरक–फरक धारणा आउने भएकाले एउटै कुरा जानकारी गराउन मन्त्रालयले यो काम गरेको उनको भनाइ छ। उनले निर्माण कम्पनीले गरेको सम्झौता अगावै काम सम्पन्न गर्ने भएकाले असार मसान्तसम्म पानी ल्याउने बताए।

सम्झौताअनुसार सुरुङको काम आगामी असोजसम्म र हेडवक्र्सको काम पुससम्म सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनि सम्झौता अगावै यी काम सकिने सचिव बेल्वासेले बताए। सुरुङको काम असारमै नसकिए पनि उपत्यकावासीले त्यही समयदेखि खानेपानी पाउने बताए। उनले भने, ‘अस्थायी बाँध बनाएर पानी ल्याउने तयारी गरिएको छ।’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ। आयोजनाको १४ वटा गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ।

यसैगरी आयोजनाको तीन वटा ‘भेन्ट साफ्टस’ जडान गर्नुपर्नेमा एउटा जडान गरिएको छ। ‘अडिट सुरुङ’ मा अनुगमन उपकरण जडान, प्लानल बोर्ड, सेन्सर, बाल बुसिङ्ग र केवल्सको काम गर्नका लागि सम्झौता भइसकेको समितिका कार्यकारी निर्देशक खत्रीले बताए। 

खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्नु पहिले सुन्दरीजलमा प्रशोधन हुनेछ। पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकोमा दुबै सम्पन्न भइसकेका छन्। यीमध्ये एउटा एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा र अर्को जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो। असार मसान्तसम्म सुरुङको परीक्षण गरिसकेर सञ्चालनमा ल्याइने प्रमुख खत्रीले जानकारी दिए। 

इटालीको निर्माण कम्पनी सिएमसीले काम सम्पन्न नहुँदै छाडेर गएपछि सरकारले नयाँ ठेक्का सम्झौता्मार्फत निर्माण अघि बढाएको थियो।  आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त कम्पनीले नियमित रुपमा र पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेर काम गरिरहेको छ। 

सरकारले चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गरेर उपत्यकावासीलाई खानेपानी खुवाउने लक्ष्य लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.