ट्विटरमा कूटनीतिक बहस

ट्विटरमा कूटनीतिक बहस

नयाँ दिल्ली : भारतका प्रथम गृहमन्त्री सरदार पटेलको विषयलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकर र इतिहासकार रामचन्द्र गुहाबीच बहस चलेको छ। बुधबार जयशंकरले राजनीतिक इतिहास लेख्न इमान्दारी चाहिने भन्दै ट्विट गरेका थिए।

बीपी मेननलाई उद्धृत गर्दै उनले लेखे, ‘सरदार पटेलको निधन हुँदा उनको स्मृति मेटाउन बृहत् स्तरमा अभियान चलाइएको थियो। मलाई यो थाहा छ, त्यो समयमा मैले यो देखेको छु, म आफू पनि यसको शिकार भएको छु।’ १९४७ मा मुलुकका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले सरदार पटेललाई आफ्नो मन्त्रिमण्डलमा राख्न चाहन्नथे। ‘प्रारम्भिक मन्त्रिमण्डलको सूचीमा उनको नाम थिएन। यो निकै ठूलो बहसको विषय हो’, मेननको जीवनी उद्धृत गर्दै विदेशमन्त्री जयशंकरले थप लेखे, ‘यो रहस्योद्घाटनका लागि लेखकले आफ्नो पक्ष राख्नु उल्लेखनीय छ।’

पूर्वकूटनीतिज्ञ तथा विदेशमन्त्री जयशंकर लेखक तथा इतिहासकार नारायणी बसुको वीपी मेननमाथि लेखिएको जीवनी विमोचन गर्न पुगेका थिए। उनले पुस्तक विमोचनको तस्वीर पनि साझा गरेका थिए। उनले पुस्तकमाथि प्रतिक्रिया दिँदै लेखे, ‘पटेलका मेनन र नेहरुका मेननबीच तीव्र विषमता देखियो, वास्तवमा एउटा ऐतिहासिक व्यक्तिसँग बहुप्रतीक्षित न्याय भएको छ।’

यसैबीच पुस्तकमा गरिएको दाबी तथा जयशंकरको ट्विटमा वामपन्थी विद्वान् गुहाले प्रश्न उठाए। उनले लेखेका छन् ,‘यो सब एउटा काल्पनिक कुरा हो जसलाई द प्रिन्ट(अनलाइन समाचार पोर्टल) मा प्रोफेसर श्रीनाथ राघवनले निकै तोडमरोड गरेर ध्वस्त बनाएका छन्। झूटो खबरलाई महत्व दिनु र नेहरु र पटेलबीचको प्रतिस्पर्धाको झूटो खबरलाई बढावा दिने काम आधुनिक भारतको बिल्डर्सको हो न कि विदेशमन्त्रीको। यो भाजपाको आईटी सेल छोडिदिएको भए हुन्थ्यो।’ गुहाको यो ट्विटमा जयशंकरले पनि कटाक्षसहितको प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ‘कुनै कुनै विदेशमन्त्री किताब पढ्छन् पनि। कोही प्रोफेसरका लागि पनि यो राम्रो बानी हुन सक्ला।’ उनले आफूले विमोचन गरेको मेननको जीवनी पुस्तक पढ्न सुझाव पनि दिएका छन्।

बिहीवार १३ फेब्रुअरीमा एउटा अर्को ट्विटमार्फत गुहाले एउटा पत्र साझा गर्दै लेखेका छन्, ‘अगस्तको एउटा पत्र जहाँ नेहरुले पटेललाई स्वतन्त्र भारतको पहिलो मन्त्रिमण्डलमा सहभागी हुन निमन्त्रणा गरेका थिए। पत्रमा पटेललाई सो मन्त्रिमण्डलको सबैभन्दा मजबुत स्तम्भ भनिएको छ। कसैले यो विदेशमन्त्रीलाई देखाउन सक्छ भन्दै गुहाले लेखेका छन्। गुहाले विदेशमन्त्रीको किताब पढ्ने सुझावप्रति प्रत्युत्तरमा लेखेका छन् ,‘सर तपाईंले जेएनयूबाट विद्यावारिधि गर्नुभएको छ। स्वभाविक रूपमा मभन्दा धेरै पुस्तक अध्ययन गर्नुभएको होला। जसमा नेहरु र पटेलबीच पत्राचार भएको पनि परे होलान्। जसमा लेखिएको थियो कि नेहरुले कसरी पटेललाई आफ्नो मन्त्रिमण्डलको सबैभन्दा मजबुत स्तम्भ बनाउन चाहन्थे। त्यो पुस्तकबाट फेरि सल्लाह लिनुहोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.