प्रणय दिवसमा वृद्धवृद्धालाई माया
काठमाडौं : प्रणय दिवसको अवसरमा लियो क्लब अफ काठमाडौं निर्वाणले वृद्धाश्रमका वृद्धावृद्धासँग माया साटेको छ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वृद्धाश्रममा पुगेर वृद्धवृद्धाको हेरचाह गरेर लियो क्लबका सदस्यले माया साटासाट गरेका हुन्।
वृद्धवृद्धाको आश्रममा सरसफाई समेत गरिएको छ। यसैगरी वृद्धको दाह्री–कपाल काटेर नुहाईधुवाई पनि गरिएको छ।
कार्यक्रम संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनुको सट्टा वृद्धवृद्धाको सेवा गरेको बताए। लियो क्लबले यो कार्यक्रम विगत आठ वर्षअघिदेखि गर्दै आएको छ।