कोरोना भाइरसको प्रत्यक्ष असर नेपालमा पनि : प्रधानमन्त्री

कोरोना भाइरसको प्रत्यक्ष असर नेपालमा पनि : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले अहिले गम्भीर समस्या अन्तर्राष्ट्रिय रुपमै पैदा गरेको बताएका छन् । सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्र चीनमा समस्या पैदा भएकाले त्यसको प्रत्यक्ष असर केही हदसम्म नेपालमा पनि देखिएको धारणा राखे। 

उनले चीन सरकारले भाइरस फैलन नदिन गरेको प्रयासको प्रशंसा गरेका छन् । ओलीले भने, ‘चीन सरकारले जसरी कोरना भाइरस नियन्त्रणका लागी, त्यसलाई फैलन नदिनका लागि भीषण प्रयास अगाडि बढाएको छ, त्यो प्रसंसा योग्य छ। अत्यन्त धेरै ध्यान केन्द्रित गरिएको देखिएको छ।’

यो भाइरस नेपालमा प्रवेश नगरेको दाबी गर्दै उनले अहिलेसम्म नेपालीहरु संक्रमित नभएको दाबी गरे। आज चीनको उहानबाट आउन चाहेका विद्यार्थी ल्याउन प्लेन बाट ल्याउन लागिएको जानकारी दिए । सरकारले यो विषयलाई गम्भीरता साथ ध्यान दिएकाले उचित प्रबन्ध गर्ने ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरुलाई चीनमा राम्रो हेरविचार गरेर राखेकोमा चीन सरकारलाई धन्यवाद दिए।

चीनबाट १८५ विद्यार्थी नेपाल फर्कदै

चीनको हुपई प्रान्तबाट १८५ जना नेपाली शनिबार फर्कंने भएका छन्। यी विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। वुहानको थ्येनह विमानस्थलसम्म विद्यार्थीलाई बसमार्फत ल्याइनेछ। नेपाल फर्कनका लागि जम्मा हुनेक्रम जारी रहेको चीनमा रहेका नेपाली विद्यार्थीले जानकारी दिएका छन् ।चीनको वुहान सहरमा रहेका नेपाली फर्कन विमानस्थलतर्फ जानेक्रममा बसमा चढ्दै । तस्बिर सौजन्य : चीनमा रहेका नेपालीबाट

अनसी र सयान सहरबाट बसमा वुहान पुग्न ७-८ घण्टा लाग्छ। चिङचौ २४० किलोमिटर, चिङमन २८४ किलोमिटर र यिछाङ ३३५ किलोमिटर टाढा छ। यी ६ वटा सहरका लागि ५ वटा बस उपलब्ध गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। यी सहरबाट चीनियाँ समयअनुसार शनिबार बिहान ५ बजे बस छुट्नेछन्। राति ९ बजे नेपाल वायुसेवाको जहाज वुहान अवतरण गर्ने र ११ बजे काठमाडौंका लागि उड्नेछ। नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ।फर्कनुअघि विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ। बेइजिङस्थित बेइजिङ युनाइटेड फेमिली हस्पिटलका सर्जन डा. विकास राई भन्छन्, ‘नेपाली विद्यार्थी कोही संक्रमित छैनन् भन्ने सुनेको छु। भाइरस संक्रमित नभएमा कुनै समस्या नहोला। तर ग्यारेन्टी भने छैन।’ उनले ५–६ घण्टा लामो हवाई यात्रामा सावधानी अपनाउनैपर्ने बताए। उनले भने, ‘यो भाइरस म्युटेट (एकबाट अर्को मानिसमा पसेपछि परिवर्तन) हुने भएकाले उपचार गर्न अप्ठ्यारो भइरहेको देखिन्छ। १५–२० दिन अलगै क्वारेन्टाइनमा बस्नैपर्छ।’

कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित फेला परेको भन्ने हल्लाले अन्य देशबाट भ्रमणमा आउन तयारी गरेकाले पनि बुकिङ रद्द गरिरहेका छन्। चीनबाट लत्ताकपडा तथा अन्य वस्तु आपूर्ति कम हुँदा बजारमा फेन्सी सामानको भण्डारण रित्तिँदै गएको छ। केरुङ नाका चीनले एकतर्फी बन्द गरेपछि व्यापार ठप्प छ। चीनियाँ नयाँ वर्ष मनाउन गएका ठेकेदार फर्केका छैनन्। निर्माण सामग्री अभावमा चीनियाँ ठेकेदारले ठेक्का पाएका अधिकांश विकास निर्माणका काम प्रभावित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.