पनौती रोशी र पुण्यवती खोला सरसफाई अभियान ५० औं हप्तामा

पनौती रोशी र पुण्यवती खोला सरसफाई अभियान ५० औं हप्तामा

काभ्रे : पनौतीका महिलाको सक्रियतामा क्लिन पनौती, ग्रीन पनौती अभियान ५० औँ हप्तामा पुगेको छ। रोशी खोला र पुण्यवती खोला सरसफाई अभियान एक वर्ष पुग्न लागेको हो। गत वर्ष चैत्र १८ गतेबाट सुरु भएको अभियान निरन्तर तलिरहेको छ। 

पनौती त्रिवेणी सरसफाई नागरिक अभियानकी अध्यक्ष सुमित्रा बञ्जाराले १२ वर्षमा लाग्ने मगर मेलालाई लक्षित गरेर नदीको सफाई तथा बजार सफाइ अभियानलाई अगाडि बढाएको बताइन्। हामीले सफाई सुरु गरेको ५० हप्ता पुगेको छ’, उनले भनिन्, ‘यो अभियान प्रत्येक शनिबार गर्दै आएका छौँ।’

पनौतीकी स्थानीय हेमा मानन्धरले अभियान सफल हुँदै गएको बताएकी छन्। ‘पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान’ सफल हुँदै गएको उनको भनाइ छ। ‘हामी महिला दिदीबहिनी मात्र मिलेर सुरु गरेको अभियान सबैको साथ पाएसँगै सफल बन्दै गएको छ’, उनले भनिन्। 

५० औँ हप्ता पुगेको अवसरमा शनिबार पनौतीमा सरसफाइ प्रतिवद्धता कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रुमख लक्ष्मी दनुवार, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, समाजसेवी मधुप्रसाद आचार्य, बाग्मती सफाई अभियानका अभियान्ता किशोर शाही, ओम बस्नेत, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापालगायतले महिलाले सुरु गरेको अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव्म पर्यटकीय महत्व बोकेको विश्व सम्पदाको लागि सूचिकृत हुन लागेका पनौती नगरपालिका भित्र जिल्लाकै सबैभन्दा बढी मठमन्दिर रहेका छन्। 

सरसफाई सम्बन्धी प्ले कार्ड बोकेर जनचेतनाको लागि पनौती बजार परिक्रममासमेत गरिएको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.