१८५ नेपाली वुहान विमानस्थलमा : ‘कोरोना संक्रमण कसैलाई छैन’

१८५ नेपाली वुहान विमानस्थलमा : ‘कोरोना संक्रमण कसैलाई छैन’

वुहान : कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासका १८५ नेपाली वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका छन्। 

विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको छ। पहिलो चरणमा १८५ विद्यार्थी कसैलाई पनि संक्रमण देखिएको छैन। त्यसपछि उनीहरुलाई दोस्रो चरणको परीक्षणका लागि लगिएको छ। 

स्वास्थ्य परीक्षणका क्रममा नेपालीमा समस्या नदेखिएपछि सबै स्वदेश फर्किन पाउने भएका हुन्। स्वास्थ्य समस्या भए त्यही राखेर उपचार हुनेछ। 

१८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन्। उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका हुन्। 

चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्। कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन्। कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन्। 

१८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए। 

‘पहिलो चरणको स्वास्थ्य परीक्षणमा समस्या नदेखिएपछि खुशी छौँ’, उनले भने, ‘हामी पइचिङमै बसेर उनीहरुको विषयमा जानकारी लिइराखेका छौँ। विद्यार्थीलाई नै स्वयम्सेवकको रुपमा खटाएका छौँ।’ 

लामो कष्टपूर्ण दैनिकीबाट छुटकारा पाउने र स्वदेश फर्किने दिन आइपुगेपछि विद्यार्थीमा उत्साह देखिन्छ। नेपाल सरकारले आफ्नो कुरा सुनेर फर्काउँन लाग्दा खुसी लागेको उनीहरुको भनाइ छ। 

‘ढिला भए पनि सरकारले अभिभावकत्व निर्वाह गरेको अनुभव गरेका छौँ’, वुहान विमानस्थलमा रहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटाले भनिन्, ‘हामी सरकारले अगाडि सारेको मापदण्ड अनुसार नै नेपाल पुगेर बस्नेछौँ।’ उनी पीएचडी गर्न चीन पुगेकी हुन्।   विद्यार्थी विमानस्थलमा पुग्दा त्यहाँ पूरै हिउँ परेको छ । 

नेपाल एयरलायन्सको अन्नपूर्ण जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो चारबजे वुहानका लागि उडेको थियो। यो जहाज साढे आठबजे वुहान अन्नतर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। 

विद्यार्थी लिएर आउने जहाज राति २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ। यी विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो।  नेपाली विद्यार्थी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको ‘अन्नपूर्ण’ जहाज । तस्बिर : विकास कार्की 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.