ललितपुरमा सोमबार सार्वजनिक बिदा
काठमाडौं : ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।
ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । उनको शोकमा महानगरपालिका कार्यालय र यस अन्तर्गतका २९ वडा कार्यालयमा सार्वजनिक बिदा दिइने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
८