भ्रष्टाचारले थलियो नमोबुुद्ध नगर

भ्रष्टाचारले थलियो नमोबुुद्ध नगर

काभ्रे : नमोबुुद्ध नगरपालिकामा कर संकलन विषयमा भएको भ्रष्टाचार चुुलिँदै गएको छ। नगरपालिकाका कर्मचारीले टिपरबाट ३ हजार उठाएर एक हजार मात्र दाखिला गरेको विषय बाहिरिएको थियो। केही महिनाअघि मात्र अवैध इँटाभट्टाको चिम्नी भत्काएर चर्चा कमाएका नमोबुुद्ध नगर प्रमुख टंकप्रसाद तिमल्सिना आन्तरिक बिक्री तथा निकासी करको विषयमा मुुछिएको विशेष स्रोतले जनाएको छ।

मेयर तिमल्सिनाको विश्वासको पात्र कमल कुुइँकेललगायत कर्मचारीले कर संकलन केन्द्रमा बसेर भ्रष्टाचार गरेको बाहिरिएको थियो। कुइँकेल नगरको करार कम्प्युुटर अपरेटर तथा मेयरका स्वकीय सचिव हुन्। कुुइँकेलको टोलीले टिपरबाट तीन हजारको रसिद काट्दै नगरपालिकाको अर्धकट्टीमा भने १ हजार उल्लेख गरेर करोडौं हिनामिना गरेको विषय बाहिर आएसँगै नगरपालिकामा भ्रष्टाचार मौलाएको छताछुुल्ल भएको हो।

उक्त नगर हुँदै दैनिक २ सय टिपर गुुड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ। तीन हजार लिने तर एक हजार मात्र आम्दानी उल्लेख गर्दा कति रकम भ्रष्टाचार भएको छ भन्ने विषय नगरले प्रस्ट पारेको छैन। नगरपालिकाले टेन्डरका लागि राष्ट्रिय दैनिकमा ५ पटक सूचना निकाले पनि टेन्डर नपरेका कारण नमोबुुद्ध नगरको निकासी बिक्री कर नगर कर्मचारीले नै उठाउँदै आएका थिए ।

उक्त कर उठाउन करारका कर्मचारी कुुइँकेलको नेतृत्वमा नगर प्रहरी ३ जना खटाइएको प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले जानकारी दिए। उनले भने, ‘हामीले राष्ट्रिय दैनिकमा ५ पटक सूचना टेन्डर निकाले पनि टेन्डर परेको छैन ।’ अन्तिम टेन्डर माघ १ गते निकालिएको र त्यसको म्याद पनि सकिएको उनले बताए। आफूले यस विषयमा धेरै बोल्न नमिल्ने भन्दै अब सबै छानबिन टोलीले प्रस्ट पार्ने उनले बताए ।

नगरपालिकाको करको विषयमा थप के भइरहेको छ भन्ने प्रश्नमा मेयर तिमल्सिनाले वडाध्यक्षसहित छानबिन टोलीले काम गरिरहेकाले उनीहरूसँगै सोध्न अनुुरोध गरे। निकासी तथा बिक्री कर साउन १ गतेदेखि नगरपालिकाकै कर्मचारीले उठाउँदै आएको थियो ।

छानबिन टोलीका वडाध्यक्षद्वय र कर्मचारीबाट राजीनामा

नमोबुुद्ध नगरपालिकामा बिक्री निकासी कर उठाउने क्रममा अनियमितता भएको विषयमा नगरपालिकाको ६३औं कार्यपालिकाको माघ १५ गतेको बैठकबाट वडा नम्बर १० का अध्यक्ष रामकृष्ण उपाध्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त छानबिन समितिमा वडा नम्बर २ का अध्यक्ष सञ्जीव ढकाल, ७ का अध्यक्ष धर्मसिं लामा सदस्य र सदस्य–सचिव राजस्वका कर्मचारी राजीव श्रेष्ठ थिए ।

तर, अध्यक्षद्वय ढकाल, लामा र सदस्य–सचिव श्रेष्ठले छानबिन समितिमाथि नै प्रश्न उठेको विषय सञ्चारमाध्यममा आएको भन्दै माघ २४ गते राजीनामा दिएका छन् ।

समितिका सदस्यहरूबाट राजीनामा आएसँगै संयोजक रामकृष्ण उपाध्यले वडा नम्बर ३ का अध्यक्ष रामकृष्ण हुुमागार्इं, ९ का अध्यक्ष मेलबहादुुर तामाङ र सदस्य–सचिवमा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद रसाइली तोकिएको जानकारी दिए। उनले भने, ‘पछिल्लो पटक बनेको छानबिन समितिले तथ्य कुुरा बाहिर ल्याउनेमा म विश्वस्त छु ।’ समितिले नगरपालिकाभित्र रहेका ५ वटा क्रसर उद्योगबाट डाटा लिने काम गरिरहेको उनले जानकारी दिए। उनले साउन १ गतेदेखि १५ पुससम्मको क्रसरबाट डाटा लिने र राजस्व संकलन कार्यमा संलग्न कर्मचारीसँग सोधपुुछ गर्ने काम सकिएको बताए ।

अख्तियारको छापा

राजस्व अनियमितता सार्वजनिक भएको नमोबुुद्ध नगरपालिकामा अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले माघ २४ गते छापा मारेको थियो। अख्तियारको टोलीले साउन १ गतेदेखि माघ १५ गतेसम्मको राजस्व असुुलिएको रसिद, बैंक बौचर, बैंक स्टेटमेन्ट जफत गरेको थियो। उक्त नगरपालिकाको राजस्व अनियमितता विषयमा अख्तियारले छानबिन गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.