लागुऔषधसहित प्रक्राउ

लागुऔषधसहित प्रक्राउ

मुगु : प्रहरीले विद्यालय हाताभित्रबाट एकजना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ ।सदरमुकाम गमगढीस्थित महाकाली माध्यमिक विद्यालयको परिसरभित्र लागुऔषध प्रयोगकर्ता मुगुम कार्मारोङ गाउँपालिका २ का २६ वर्षीय टासि तामाङलाई प्रहरीले प्रकाउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार गोप्य सूचनाको आधारमा ११ ग्राम लागुऔषध चरेससहित विद्यालयको हाताभित्रबाट तामाङलाई प्रक्राउ गरेको हो।

यसअघि माघ २१ गते सदरमुकामको कृष्ण चोकस्थित चन्दननाथ होटलबाट ०.१० मिलीग्राम ब्राउन सुगरसहित एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। साउनयता जिल्लामा ८ वडा लागुऔषध घटनामा ९ जना विरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र ३ जनामाथि अनुशन्धान भइहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.