संसदमा प्रश्न : यो सरकार किसानको हो कि विचौलियाको ?
काठमाडौं : सांसद डा.अमरेशकुमार सिंहले उखु किसानको भुक्तानीको माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमरेशले किसानले 15 दिनमा पाउने पर्ने भुक्तानी तीन वर्षसम्म नपाएको भन्दै आपत्ती जनाए।
'पटकपटक यो विषयमा कुरा उठाउँदा पनि सरकारबाट कुनै प्रयास भएको छैन, 'उनले भने,' 'यो सरकार किसान जनताको हो कि दलाल र बिचौलियाको मात्रै।'
चिनी उद्योगपतीले समयमै भुक्तानी नदिँदा किसान ऋणको मारमा परेको बताए।उनले भने, 'मेरे निर्वाचन क्षेत्रमा उखु चिनी मिल छ। त्यो चिनी मिलले त्यहाँ प्रदूषण गर्यो।उखु पनि लियो।पैसा दिएन। सबै किसान ऋणको मारमा छन्।'
प्रतिक्रिया दिनुहोस !
८