महराले सफाइ पाएको पत्र संसदमा, अब बैठकमा सहभागी हुने

महराले सफाइ पाएको पत्र संसदमा, अब बैठकमा सहभागी हुने

काठमाडौं : जबरजस्ती करणी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन्।

अब निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको हो। महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको थियो।संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो। पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.