बागमती गोल्डकप : जावलाखेल सेमिफाइनल प्रवेश

बागमती गोल्डकप : जावलाखेल सेमिफाइनल प्रवेश

शुभलक्ष्मी विक/हेटौंडा : जावलाखेल युथ क्लब तेस्रो बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा मकवानपुरको डाँफे युवा क्लबलाई २–० गोलले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेलको १४औं मिनेटमा फोफना फोडेको क्रसमा डीबक्स बाहिरबाट सुजित बुढाथोकीले गरेको प्रहार गोलमा परिणत भएपछि जावलाखेलले अग्रता लिएको थियो। खेलको २८औं मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै जावलाखेललाई २–० गोलको अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि जावलाखेलले अन्तिम चारमा स्थान पक्का गर्‍यो। सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगन्ज युनाइटेडबीचको विजेतासँग हुनेछ।

खेलको ६०औं मिनेटमा जावलाखेलका खेलाडीले प्रहार गरेको आकर्षक बल मकवानपुरको गोल पोस्ट नजिकबाट बाहिरिएको थियो। खेलमा मकवानपुरका हिसुब थपलिया र विश्व अधिकारीले केही राम्रा मौकाहरू पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखे पनि गोल भने गर्न सकेन। दोस्रो हाफमा पहिलो हाफको अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भएको हो। खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो बागमती गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार साबिक विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ। प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ६ लाख र तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.