पराजित भएपछि आफैंलाई राष्ट्रपति घोषणा !

पराजित भएपछि आफैंलाई राष्ट्रपति घोषणा !

काबुल : अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन्। उनले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा 'समावेशी सरकार' गठन गर्ने बताए।

आइईसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ। कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको टोलो समाचार समितिले जनाएको छ। अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरे। 

निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय 'अवैधानिक' रहेको र त्यो स्वीकार्य नरहेको बताए। उनले चुनावी नतिजा प्रजातन्त्रविरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए। 

'यो राष्ट्रद्रोह हो' अब्दुल्लाहले भने। उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफूहरु विजयी रहेको दाबी गर्दै भने, हामी हाम्रो 'जित' घोषणा गर्छौं। उनले आफूहरुले समावेशी सरकार गठनको घोषणा गर्ने बताए। गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो। तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.