‘बाँके-बर्दिया कर्णालीमा गाभिदैनन्’

‘बाँके-बर्दिया कर्णालीमा गाभिदैनन्’

सुर्खेत : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल बाँके र बर्दिया कर्णाली प्रदेशमा नगाभिने बताएका छन् । हाल प्रदेश ५ मा रहेका बाँके र बर्दियालाई कर्णालीमा गाभ्नेबारे बहस चलिरहँदा सत्तारुढ दलका अध्यक्षले यस्तो धारणा आएको हो।

बुधबार सुर्खेतमा पत्रकारसँगको भेटमा क्रमका प्रचण्डले बाहिर चलेको हल्ला जस्तो तत्कालै बाँके र बर्दिया कर्णालीमा गाभिन सम्भव नरहेको स्पष्ट पारे। नागरिकको चाहना अनुसार प्रदेशको संरचना परिवर्तन हुने उनले बताए।

‘संघीयता नागरिकका लागि हो, नागरिकलाई सहज हुनेगरी प्रदेशको भू–बनोट निर्धारण हुन्छ।’ उनले भने–‘तर अहिले नै बाँके र बर्दिया कर्णालीमा गाभिदैनन्, बाहिर हल्ला अली बढी नै भयो।’ 

उनले कर्णालीको विकासका लागि संघीय सरकारले विशेष प्याकेज बनाएर काम गर्ने बताए । कर्णालीमा भौतिक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पार्टीले सरकारलाई सुझाव दिने आश्वासन उनले दिए।

प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सुर्खेत आएका हुन् । कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई तल्लो तहमा भावनात्मकरुपमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिए । 

यस्तै नेता नेपालले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै कार्यकर्तालाई विधान र नीति अनुसार काम गर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.