सञ्‍चारमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभा अवरुद्ध

सञ्‍चारमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभा अवरुद्ध

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको  राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका छन्। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कांग्रेसका सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै संसद सूचारु गर्न सहयोग गरिदिन आग्रह गरेका थिए। तर ,कांग्रेसका सांसदहरुले आ-आफ्नो स्थानमा उभिएर विरोध जनाए।

यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने उनले चेतावनी समेत दिएका छन्। यो घटनबारे अबिलम्ब गर्न छानविन समिति गठन गर्नुपर्ने उनको माग छ।

'यो सरकार स्थापना भएदेखि प्रधानमन्त्रीले बारम्बार यो मुलुकमा म भ्रष्टाचार हुन दिन्न र आफू पनि भ्रष्टाचार गर्दिन भन्दै आउनु भएको छ, उनले भने,' तर संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वीस कम्पनीबीच भएको संवादको अडियो सार्वजनिक भएको छ,यसमा नेपाली कांग्रेस चुप लागेर बस्न सक्दैन।'

उनले ७० देखि ८० करोडसम्म कमिसन आउने र त्यो कमिसनको ५५ करोड संचारमन्त्रीले लिने अडियोमा रहेको बताउँदै भने,' उहाँजस्तो व्यक्तिले भ्रष्टाचार र कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन। यो गम्भीर विषयमा सरकार चुप लागेर बस्नुहुँदैन र नेपाली कांग्रेस पनि चुप लागेर बस्दैन।'

अबिलम्ब सूचनामन्त्री बर्खास्त गर्नुपर्ने, तुरुन्त छानविन समिति गठन गर्नुपर्ने र घटना बारेमा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग राखे।

लगतै कांग्रेस सांसद आ-आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेका छन् । अब अर्को बैठक फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग  सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे गरेको  विवादास्पद अडियो सार्वजनिक भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.