अब एयरपोर्टमा पर्यटकलाई रोबोटको नमस्कार
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'पर्यटन परी' नामक रोबोटले यात्रुलाई सेवा दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार रोबोट सेवाको उद्घाटन गरेका छन् ।
दुईवटा रोबोटले विमानस्थलमा यात्रुलाई देख्ने वित्तिकै अभिवादन गर्नेछन् ।रोबोट विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिनेछ। रोबोटले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्नेछन्। रोबोटले नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रियालगायतका विषयमा समेत जानकारी गराउने पर्यटनमन्त्री भट्टराईले जानकारी दिए।
रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले रोबोटको साहयताले कामलाई अझ प्रभावरी र सूचनामैत्री बनाउने आशा व्यक्त गरे।मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको दावी गरे।रोबोट नेपाली प्राविधिकले नेपालमै तयार गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
८