प्रश्नपत्रको फोटो खिचेर सार्वजनिक गर्ने तीन विद्यार्थी कारवाहीमा
काठमाडौं : प्रश्नपत्रको फोटो खिचेको आरोपमा लोकसेवा आयोगले तीन परीक्षार्थीलाई कारवाही गरेको छ । माघ २५ गते सञ्चालन भएको शाखा अधिकृतको परीक्षामा मोबाइलबाट फोटो खिचेको र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको आयोगमा उनीहरुलाई कारवाही गरिएको हो।आयोगको फागुन ५ गतेको बैठकले यस्तो निर्णय गरेको हो।
कारवाहीमा परेकामा जुम्लाका गमबहादुर बुढा तथा केशवबहादुर अधिकारी र बाजुराका रणबहादुर रावत छन् । बुढालाई परीक्षा हलमा मोबाइलबाट प्रश्नपत्रको फाटो खिचेर साथीलाई पठाएको आरोप छ ।
अधिकारीलाई प्रश्नपत्र सामाजिक सञ्जालबाट प्रश्नपत्र सार्वजनिक गरेको आरोप छ । रावतलाई भने मोबाइलले फोटो खिचेको आरोप छ । कारवाहीस्वरुप तीनैजनाको मोबाइल आयोगले जफत गरेको छ भने उक्त दिनको लिखित परीक्षा समेत रद्द गरेको छ।
तीनैजनालाई आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा २ वर्षसम्म सहभागी हुन नपाउने निर्णय गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।