बद्रीले रुवाए अनि नचाए

बद्रीले रुवाए अनि नचाए

बाध्य भइयो परदेशमा छिर्न

मैले पढ्दा लाएको ऋण तिर्न

आमा बिदा पाउँदिनँ अहिलेको साल पनि घरमा आउँदिनँ।

गायक बद्री पंगेनी मञ्चमा प्रवेश गरेसँगै यो गीत गाएपछि मेला हेर्न आएका अधिकांश दर्शकले आँसु बगाए। अनि पिलपिल रुन पनि थाले। क्यामेरा, मोबाइलमा फोटो र भिडियो खिच्न थाले। जबजब बद्री भावविह्वल भएका आमाको नजिकनजिक गएर गीत गाउन थाल्थे तब दर्शक बढी भावुक बन्थे।

पंगेनीले महिलालाई मात्र भावविह्वल बनाएनन् पुरुष दर्शकको पनि मन जिते। बद्रीले छोरा विदेश भएका आमाको कोखैमा गएर गीत गाउन थालेपछि दर्शकका आँखा रसाएका थिए।। यो गीतपछि उनले सबै रुन पो थाल्नु भो आज त हाँस्नु पर्छ भन्दै भजन गाए।

अर्घाखाँचीको शीतगंगामा जारी प्रथम शीतगंगा महोत्सवमा पंगेनीले ससुरालीमा, मन थिएन जोगी बन्नलाई लगायतका गीत गाएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिए। उनको गीतमा युवायुवती, वृद्धावृद्धा सबै छमछमी नाचेका थिए। पंगेनीको गीत सुन्न गाउँगाउँबाट दर्शक आएका थिए।

अर्घाखाँचीसहित छिमेकी जिल्ला प्युठान, कपिलवस्तु, पाल्पा र रूपन्देहीबाट दर्शक आएका थिए। उनीसँगै गायक मधुसूदन बञ्जाडे, सुन्दर आचार्यलगायत स्थानीय कलाकार, छमछमी कला केन्द्रकोे प्रस्तुतिले महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

शीतगंगा नगरपालिकालाई व्यावसायिक पर्यटकीय हिसाबले देशविदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए। फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ।

उत्पादित वस्तुको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि महोत्सवले निकै राम्रो भूमिका खेल्ने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.