कालीगण्डकी ए को बाँध खोलिने

कालीगण्डकी ए को बाँध खोलिने

स्याङ्जा : स्याङ्जामा निर्मित कालीगण्डकी ए जलविद्युत् केन्द्रको जलाशय ड्याम मर्मतका लागि खोलिने भएको छ। मर्मतका लागि ४ दिनसम्म ड्याम खोलिने भएको हो। नेपाल विद्युत् प्राधिकरण, बेल्टारी शाखाले सूचना प्रकाशित गरी बिहीबार राति ९ बजेदेखि ड्याम खोल्ने जनाएको छ।

ड्याम खोलिने भएपछि प्राधिकरणले ड्यामदेखि पावर हाउससम्मका क्षेत्रमा बस्ने स्थानीयबासीलाई सचेत गराएको छ। स्याङ्जा, पाल्पा र गुल्मी जिल्ला जलविद्युत् केन्द्रका प्रभावित जिल्ला हुन्।

विद्युत् उत्पादन केन्द्र प्रभावित क्षेत्रमा पर्ने स्याङ्जाको कालीगण्डकी गाउँपालिका, पाल्पाका तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका तथा गुल्मीका कालीण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकालाई पत्रमार्फत सूचित गराएको प्रशासकीय अधिकृत प्रदीपकुमार भुवाजीले जानकारी दिए।

कालीगण्डकी ए १ सय ४४ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। तीन वटा ४८÷४८ मेगावाटका टर्बाइनमार्फत स्याङ्जाको कालीगण्डकी गाउँपालिकाअन्तर्गत साविक श्रीकृष्णगण्डकीमा २०५६ सालमा कालीगण्डकी ए जलविद्युत् केन्द्र निर्माण सुरु गरी २०६१ मा विद्युत् उत्पादन कार्यको उद्घाटन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.