घरमै नागरिकता
नुवाकोट : एक जना शारीरिक अशक्त व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलव्ध गराएको छ। विदुर नगरपालिका–११ गेर्खुका १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो। उनी हिँडडुल गर्न नसक्ने र दृष्टिविहीन हुन्।
कृष्णप्रसादलाई बोकेर जिल्ला प्रशासन ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको निर्देशनमा उनको घरमै पुगेर नागरिकता दिइएको प्रशासकीय अधिकृत रेग्मीले बताए। स्थानीय किसान हरिप्रसाद र नारायणी चालिसेका चार सन्तानमध्ये कृष्ण कान्छा छोरा हुन्।
‘यसरी घरमै गएर नागरिकता दिएको यो पहिलो घटना हो’, प्रशासकीय अधिकृत रेग्मीले भने। २०५९ सालमा जन्मिएका उनको टाउकोमा पानी भरिएकाले शल्यक्रिया गरिएको थियो। छोरालाई घरभित्र र बाहिर ल्याउन बाबु कृष्णप्रसाद, आमा र दिदीको साहारा चाहिन्छ। ‘कृष्णप्रसादले भोक तिर्खा समेत थाहा पाउँदैन,’ बाबु कृष्णप्रसादले भने, ‘हामी आफैले बुझेर उसलाई खुवाउनु पर्छ।’