फुलवा

फुलवा

पु.भा. भावे / अनुवाद : मीनराज वसन्त 


तपाईंले ‘शारीरिक भोक’ शब्द त सुन्नुभएकै होला।यो जमानाको बहुप्रचलित एवं अत्यन्त लोकप्रिय शब्द।‘शारीरिक भोक’को अर्थ ‘पेटको भोक’ लिँदै हुनुहुन्छ भने यो गलत पनि हुनसक्छ।यहीँबाट थाहा हुन्छ कि प्रगतिशील साहित्यसँग तपाईंको कुनै सरोकार छैन।योसँगै तपाईं नागपुरको हाटबजारसँग पनि जानकार नभएको आभास हुन्छ।नागपुरको हाटबजारमा अन्न-दाल, सागसब्जी, फलफूल सबै पाइन्छ।सुन्तलाको समयमा सुन्तला पनि पाइन्छ।शारीरिक भोक मेटाउने यिनै चीज हुन्।यी किन्दै गर्दा तपाईंलाई कसैले घुरेर किन हेरोस्।तपाईंबारे कसैको राम्रो-नराम्रो धारणा हुने प्रश्न पनि उठ्दैन।

नागपुरको हाटबजारमा यत्रतत्र छत्तीसगढी महिलाहरू नजिकै टोकरी राखेर बसेका, उभिएका देखिन्छन्।यिनीहरूको शरीरमा विशेष प्रकारको आभा हुन्छ।स्पर्शमा कामना, पहिरनमा केही नवीनता झल्किन्छ।ब्लाउज लगाउन मन पराउँदैनन् यिनीहरू।कद काँठी हुन्छ।यीमध्ये युवतीहरू प्रायः चलाख हुन्छन्।कोही निकै सुन्दर।तपाईं जुन सागसब्जी किन्नुहुन्छ, त्यो घरसम्म पुर्‍याउन उनीहरू टोकरी लिएर उभिइरहेका हुन्छन्।उनीहरूलाई अब राम्रोसँग थाहा भइसकेको छ, ‘शारीरिक भोक’ अर्थात् ‘पेटको भोक’ मात्रै होइन।

यी सबै कुरासँग म राम्ररी जानकार छु।यसकारण यो बाटो भएर हिँड्ने साहस जुटाउन सकिनँ मैले।भगवान्को दयाले अविवाहित भएर पनि यो समस्या ममाथि आजसम्म आएको छैन।हाम्रा सामाजिक सुन्दरीहरूलाई धन्यवाद ! मेरो घर आउने नर्स रोजालाई धन्यवाद ! मिस सिरगावकरलाई धन्यवाद ! कमरेड कमलीलाई धन्यवाद ! र यस्ता कैयौं सुन्दरीलाई पनि धन्यवाद।यिनकै कारणले कौशल-कन्याको छायाँबाट म बचिरहेँ।

अन्नको दोकानवाला मारवाडी, सब्जीवाला या लुंगीधारी अन्डा बेच्नेहरूलाई कहिल्यै कुनै मौका मिलेन।एक त म अविवाहित।त्यसमाथि कलाकार।यसकारण पनि समाजका उच्च तप्काका महिलाहरू मप्रति आकर्षित भइरहेका थिए।समाजको नजरमा मेरा लागि क्षमा थियो।आदर थियो।महिलासामु प्रस्तुत हुने, कुराकानी गर्ने र अन्त्यमा उनीहरूलाई वशमा पार्ने कला देखेर म निश्चय नै सराहनाको पात्र बन्थेँ।सिकार गर्ने कलानन्दमा सधंै मग्न रहन्थेँ।तर मैले तल्लो स्तरको कुनै काम गरिनँ।नर्स रोजा, मिस सिरगावकर या कमरेड कमली नै मेरो स्तरको प्रतीक थिए।हाटबजारका कौशल-कन्यातर्फ नराम्रो दृष्टिले कहिल्यै हेरिनँ।आवेगको ‘सांस्कृतिक’ स्तरलाई थाती राख्ने सन्दर्भमा आजसम्म पूर्णतया सतर्क रहिरहेँ।तर आजको दिन अशुभ थियो।

ऊ खाइरहेकी थिई, म उसलाई सुम्सुम्याइरहेको थिएँ।ऊ खाई नै रहेकी थिई, म कुनै पोख्त खेलाडीझैं उसको शरीरसँग खेलि नै रहेको थिएँ।
 

मोहनताराको प्रतीक्षामा मरेजस्तो हुँदै थिएँ।आश्वासन दिएर पनि ऊ आइन।तसर्थ अतृप्त प्यासको यात्रामा हाटतर्फ जाँदै थिएँ।हाटतर्फ नै किन गइरहेको छु ? किन ‘क्लब’ मा जाँदिनँ ? यसको कुनै जवाफ छैन आफैंसँग।पेटको भोक मेट्ने कुनै पनि वस्तु किन्नु थिएन।म त विषय-वासनको सिकार भइसकेको थिएँ।हाटमा उभिएका कन्याहरूप्रति कुनै विशेष मनोभाव लिएर पनि गइरहेको थिइनँ।मोहनतारा नआएर नै मेरो पाशविक प्रवृत्ति निकै उग्र भएको थियो।स्त्री-स्पर्शको प्यासी थिएँ, जुन पाइनँ।लाग्यो, मेरो अस्तित्व नै अस्थिर भइगयो।वासनाको ज्वालामा जलिरहेँ म।

‘अंकलजी टोकरी ? नजिकै आएर एक युवतीले सोधी।तर्सिएर उसलाई हेरिरहेँ।हेराइ नयाँ त थिएन।चारैतर्फ अन्न, सागसब्जी, नुन, खुर्सानीका थुप्रा थिए।एउटा चौतारीमा चार-छ महिला ग्राहकको खोजीमा आफ्नो टोकरी लिएर बसेका थिए।तीमध्ये केही वृद्धा, केही अधबैंसे र केही त जवान पनि थिए।मलाई प्रश्न गर्ने युवती निकै सुन्दर थिई।त्यस्तै पन्ध्र-सोह्र वर्षीय अबोधपन थियो, उसको अनुहारमा।काला आँखा, धारिला आँखीभौं, सेता दन्तलहर र लोभलाग्दो शरीर।हाँस्दा गालामा खाल्डो पथ्र्यो।समग्रमा भन्नुपर्दा एकै नजरमा उसले जोकसैलाई आफूतिर आकर्षित गर्न सक्थी।विकसित र परिपुष्ट शरीरले तुरुन्तै असर गर्न सक्थ्यो।उसका अघि नर्स रोजानाको नौटंकी, मिस सिरगावकरको जवानी र कमरेड कमलीको कृत्रिम शृंगारलाई त्याग्न सकिन्थ्यो।उसको धुलोमैलो खुट्टा र कडा परि श्रमले हत्केलामा देखिएको ‘पुरुषत्व’लाई थोरै ख्याल गर्ने हो र सुकिला-मुकिला कपडा लगाइदिने हो भने कुनै महाविद्यालय या महिला समाजमा उसलाई रोक हुँदैनथ्यो।र त्यही युवती मलाई सोधिरहेकी थिई, ‘अंकल टोकरी ? ’

‘अँ’ स्वीकारोक्तिमा टाउको हल्लाउँदै मैले भनेँ, ‘हिँड मसँग।’

यति भनेपछि उसले कपडाको सहायताले टोकरीको धुलो झारी र टाउकोमाथि राखी।उसका साथीहरू कुइनो मार्दै चिमोटेर हाँस्न थाले।अन्न पसलेवालाको आँखामा आश्चर्यको भाव थियो।

बेहोशजस्तो भएँ।युवतीको भरिपूर्ण जवानी देखेर संकोच हरायो।उसलाई काँचो मूला, मुलायम सिमी अथवा पूर्ण गोभीको उपमा दिनु उचित लाग्थ्यो।म असह्य क्षुधाको कारण तड्पिरहेको थिएँ।ऊ हाँसको चालझैं पछिपछि चुपचाप आइरहेकी थिई।यथाशक्य छिटो घर पुगेर आफ्नो भोक-प्यास शान्त पार्ने हतारोमा थिएँ।मैले यस्तै सुक्खा मेवा र सुन्तला किनेर उसको टोकरीमा हालिदिएँ।

‘तरकारी-सरकारी लिनुहुन्न ? ’ उसको यो प्रश्नपछि थोरै आलु किनेँ।योभन्दा धेरै किन्न न समय थियो, न शान्ति।र पनि फेरि एउटा बेलना-चौका किनेर टोकरीमा राखिदिएँ र भनेँ, ‘हँ, अब घर हिँड।’

यता म प्रत्येक पल उत्तेजित भइरहेको थिएँ।मन अनियन्त्रित थियो।यसै केही कुरा गर्ने इच्छा भएर बाटोमा हिँड्दै गर्दा सोधेँ, ‘तिम्रो नाम के हो ? ’

‘फुलवा’ उसले भनी।

‘कति वर्षदेखि छौ नागपुरमा ? ’

‘तीन-चार।’

‘तिम्रो उमेर नि ? ’

‘थाहा छैन अंकलजी।बीस-बाइस होला।’

‘झुट।सोह्र-सत्र होला।’

कौतुहलरहित स्वरमा भनी, ‘होला त्यसो भए।’

‘ब्या-स्या भयो त ? ’

‘अँ।’

‘कहाँ छन् त पति ? ’

‘मर्‍यो।’

‘अरे’, सहानुभूति जनाएँ मैले।मेरी पढेलेखेकी एउटी साथी यस्तो खालको सहानुभूतिले खुसी हुन्छे।तर फुलवामाथि यसको कुनै प्रभाव देखिएन।

‘यो त हुँदै गर्छ’, आफ्नो उमेरको हिसाबले निभ्न लागेको स्वर बनाएर उसले भनी।

‘उसोभए कमाइ कति गर्छौ त ? ’

‘केको कमाइ अंकलजी’, एकपटक मतिर हेरी फुलवाले, ‘चामल पनि पाइँदैन।पेट पनि भरिँदैन।’

‘चार-छ रुपैयाँ त मिल्छ होला ? ’

‘कहाँको मिल्नु ? लडाइँका दिनमा मिल्थ्यो बरु।अब त रुपैयाँ पनि मिल्दैन।एकाध दिन तपाईंसरह कोही दिने भेटे कुरो अर्कै।’

यसरी गफ गर्दै हामी घर पुग्यौं।फुलवा मसँगै कोठामा छिरी।उसँग कुरा त गरिरहेको थिएँ तर ध्यानचाहिँ उसको यौवनमाथि थियो।धारिलो नजर थाहा त पाई।तर खासै ध्यान दिइन।ऊ शान्त र शिथिल बनेकी थिई।

‘सामान राखौं अंकलजी ? ’

‘पहिले टोकरी भुइँमा राख’ भन्दै उसको पिठ्यूँ सुम्सुम्याएँ।यो मेरो विशिष्ट पद्धति थियो।कुरैकुरामा कुनै युवतीको पिठ्यूँमा हात चलाउनु वा हातमा हल्का चिमोट्नु बानीजस्तै बनिसकेको थियो।यसो गर्दा मेरा सुरक्षित साथीहरू सार्थक प्रतिक्रिया व्यक्त गर्थे।कोही अलमलमा पर्थे त कोही लाज मान्थे।कसैले जिब्रो चलाएर काट्थे।सिकारको मेरो आफ्नै तरिका थियो।

लाग्यो, मेरो स्पर्शले फुलवालाई कुनै अनुभूति दिएन।न उसले लाज मानी।न रिसाएर हात झट्कारी।न त प्रेमपूर्वक मेरो हातै थामी।मानौं उसको पिठ्यूँमा मैले छोएकै छैनझैं गरी ऊ अनुत्तेजित बनिरही।

पिठ्यूँबाट हात झिकेर हतारहतार झ्यालढोका लगाएँ, ‘कसो फुलवा, डर त लागिरहेको छैन नि ? ’

‘केको डर अंकलजी ? ’

‘झ्यालढोका बन्द गर्नाले ? ’

‘बन्द गरिएका झ्यालढोका कहिल्यै खुल्दैनन् र ? ’

उसको यो जवाफ सुनेर म अक्क न बक्क भएँ।महिलाहरूसँग एकान्त पाउनासाथ झ्यालढोका बन्द गरेर उनीहरूको मानसिकता नाप्ने बानी ममा थियो।झ्यालढोका बन्द गर्नेबित्तिकै उच्चवर्गीय महिलाहरू हडबडाउँथे।कि संकोच गर्थे कि त डराउँदै मलाई फकाउन थाल्थे।नाइँ-नाइँ गर्दै नववधूको लजालु स्वरजस्तो बनाएर मेरो मनमा के खेलिरहेको छ भनेर सोध्थे।तर विपरीत फुलवाले त्यस्तो केही गरिन।म आफैंलाई असह्य भयो।अनि रिसाउँदै उसको हात समातेँ।यति हुँदा पनि मेरो स्पर्शले उसलाई कुनै असर गरेन।आवेगले उसलाई उक्साएन।

कामाशक्त दृष्टिले फुलवाको अनुहार, आँखीभौं र पुष्ट वक्षस्थललाई अपलक हेरिरहेको थिएँ।उसको नजर भने सुक्खा मेवा, सुन्तला र केरामाथि गाडिएको थियो।दिक्क मान्दै उसको हात समातेँ।र पनि उसको ध्यान केन्द्रित भएन।मानौं, कोठामा म नभएर मेवा, सुन्तला र केरा छन्।त्यहाँ मेरो अस्तित्व नगण्य भयो।यसले मेरो स्वाभिमानमा ठेस पुर्‍यायो।आफैंमा अपमानित महसुस गरिरहेको थिएँ।

‘फुलवा’, फेरि उसको हात समातेर झक्झक्याउँदै चर्कोे स्वर गरेँ।

‘सामान कहाँ राखौं अंकलजी ? ’ आत्तिँदै उसले सोधी।

‘फलफूल र मेवा आलमारीमा राख।त्यहाँ भएका सामानमा धूलो छ, सफा गर।त्यति बेलासम्म म कपडा फेर्छु।’

कपडा फेर्नु नै पर्ने थियो।पल्लो कोठामा जुत्ता निकाल्दै गर्दा, टाई खोल्दै र पाइजामा लगाउँदै गर्दा बेचैनी सीमासम्म पुग्न लागिसक्यो।साँच्चिकै, फुलवा राम्री र निरोगी थिई।अब केही मिनेटमै उसलाई भोग गर्ने इच्छा थियो।यही रोमाञ्चक इच्छाले पर्दा हटाउँदै ऊ भएको कोठामा पुगेँ।

तर त्यहीँ रोकिएँ।रोमान्सवादको विपरीत काममा मग्न थिई फुलवा।उसको पिठ्यूँ मतिर फर्किएको थियो।आलमारीमा राखिएको बर्फी मजाले खाइरहेकी थिई।

‘फुलवा’, म चिच्चाएँ।

‘खुट्टा ढोग्छु अंकलजी।हिजो खानेकुरा केही भेटिनँ।र आज पनि।एक कप चिया पिएँ, बस्।’

‘यसैकारण तिमी चोरी गर्छौ ? ’

‘माफ गर्नुस् मालिक !’ निहुरिएर मेरा गोडा छोई।त्यति बेला उसको पछ्यौरी खस्यो।

‘उठ’ उसको हात समातेर उठाएँ।सुन्दर शरीर अनुसार हात निकै कठोर लाग्थे।बरु आफ्नै हात मलाई नरम लागे।खसेको पछ्यौरी मिलाइदिँदा वक्षस्थलमा हल्का हस्त-स्पर्श भयो।फेरि पनि उसमा कुनै असर देखिएन।तर मेरो तन-मनमा अग्नि-ज्वाला उठ्यो।यद्यपि उसको तटस्थता, मुर्दा-दिल र प्रतिक्रियाहीन व्यवहारका कारण मानौं त्यो ज्वाला बर्फको झरनामा कतै हरायो पनि।

‘फुलवा’, भर्भराउँदो स्वरमा मैले भनेँ, ‘त्यो पूरै बर्फी खाऊ पहिले।’

‘नाइँ अंकलजी।’

‘तिम्रो जुठो बर्फी कसले खान्छ अब ? ’

यो कुराचाहिँ फुलवाले सोची।मलाई फुलवा चल्थी तर उसको जुठो बर्फी चल्दैनथ्यो।यो तर्क उसलाई बिझायो।संकोचवश थुक निल्दै उसले भनी, ‘साँच्चै खाऊँ त बर्फी ? ’

उसको मुखमा पानी आइरहेको थियो।

‘निसंकोच खाऊ।बर्फी, मेवा र अरू फल पनि’, ती सबै चीज मैले फुलवानजिकै राखिँदिँदै भनेँ, ‘सुरु गर अब।’

पलेँटी मारेर आनन्दले बसी ऊ।र एकतमासले खानमा जुटी।पुलिस-सुलिसलाई पनि उसले बिर्सी।मेरो अस्तित्व, स्थान, कालादि प्रत्येक चीजलाई विस्मृत गर्दै पूर्ण एकाग्रताका साथ खाइरहेकी थिई।यति धेरै चीज थिए कि, कुन क्रमले त्यसलाई खाने हो भन्ने तय गर्न सकिरहेकी थिइन।देखेँ, उसको त्यही यौवनोत्फुल्ल रूप।रोमरोममा दावाग्नि सल्किरहेको थियो।उसँग छोइएर काँध झक्झक्याइरहेँ।ऊ खाइरहेकी थिई, म उसलाई सुम्सुम्याइरहेको थिएँ।ऊ खाई नै रहेकी थिई, म कुनै पोख्त खेलाडीझैं उसको शरीरसँग खेलिरहेको थिएँ।

कति सुन्दर छे यो केटी ! शृंगारयुक्त, विषयाशक्त प्रेम-चेष्टा गर्नाले त्यसको नशा अझै बढ्न सक्थ्यो।तर यस्ता कुरामा उसको न कुनै रुचि थियो न गति।हामी दुवैको भोक एकदम विपरीत थियो।फुलवाको पेटको भोकले नै उसलाई डुबाइरहेको थियो।जसकारण शृंगारादिबाट उसको सम्बन्ध टुटिसकेको थियो।उसको प्रारम्भिक प्रणय-चेष्टाको क्षुधा पनि अल्प-स्पर्शले शान्त भइसकेको थियो।पुरुष-स्पर्श उसको लागि कुनै नयाँ हुने कुरै भएन।कलात्मक शृंगारको विषयमा ऊ पूर्णतया उदास थिई।प्रणयोन्मादको नशामा चुर मेरो कामवासना चरमोत्कर्षमा पुगिसकेको थियो।तर उसमा त्यसको थोरै अंश पनि अर्पण गर्न सकिनँ।मजस्ता यस्ता पुरुष त आउँदै गर्छन्।तर मिठाई ?

दैनिक मिठाईको काम पर्दैन।त्यसैले ऊ पेटको आगो निभाइरहेकी थिई।जुन चीजले हप्ताभरका लागि मलाई पुग्थ्यो, ती चीज दस-बीस मिनेटमा समाप्त गरिसकेकी थिई।अर्थात् उसँग गर्ने प्रेम-चेष्टा एकपक्षीय नै थियो।तर यस्तो खालको मुर्दासँग रमाइलो गर्नेवाला म थिइनँ।

फुलवाबाट टाढा भएँ।प्रतीक्षाको समय सकियो।यसबीच मेरो भोक पनि मरिसकेको थियो।परीजस्ती, क्रीडा गर्न लायक उसको शरीर जब खानमा व्यस्त भयो, म पराजित भएँ।मनमनै शान्त र थकित बनेँ।एउटा बिन्दुमा पुगेर प्रतीक्षाको सीमा समाप्त हुनेबित्तिकै ऊसँग टाढिएँ।तर फुलवा यतिसम्म उदास थिई कि, अलग हुँदा पनि कुनै असर देखिएन।

खाने चीजजति एकएक गरेर सकी।जगमा मुख लगाएर पानी पिई र डकारी।त्यति बेला बल्ल उसलाई होश आयो र भनी, ‘अंकलजी गल्ती भयो।’

‘फुलवा, अब तिमी जान सक्छ्यौ।’

‘नाइँ अंकलजी।यस्तो कहिल्यै भएको थियो र ? ’ ऊ टाँसिन मेरो छेउ आइपुगी।अस्तव्यस्त पछ्यौरी त्यत्तिकै छोडी।

मैले उसलाई खुवाएको थिएँ।अब ऊ शरीर-दानका लागि प्रस्तुत भई- कुनै मुर्दाजस्तो चिसो, निष्प्राण र शिथिल।आफ्नो उही दैनिक बजारिया हाउभाउमा...।

मलाई पीडा भइरहेको थियो।फुलवाको निरस स्पर्शले घिन लागिरहेको थियो।पीडा त मलाई आफैंसँग पनि भइरहेको थियो।थकान र आवेगमि िश्रत स्वरमा लगभग चिच्याउँदै भनेँ, ‘टोकरी उठाऊ र भागिहाल यहाँबाट।’

एक रुपैयाँको सिक्का पनि ऊतिर फ्यालिदिएँ।

फुलवा तर्सिई।केही समयअघि जुन लोभी नजरले फल ताकिरहेकी थिई, त्यो लोभ एक रुपैयाँको सिक्कातिर पनि थियो।डराई-डराई अगाडि बढी र टपक्क सिक्का टिपेर कम्मरमा बाँधेको कपडामा लुटपुटाई।अनि फूर्तिसाथ हिँडी।मानौं, ऊ एकछिन त्यहाँ रोकिए सिक्का खोसिनेवाला छ।

मैले लामो सास तानेँ र कुर्सीमा बसेँ।कम्तीमा आजको लागि त मेरो भोक मेटियो।

@MMeenraj


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.