करियर केन्द्रित ‘लभ आजकल’

करियर केन्द्रित ‘लभ आजकल’

काठमाडौं : मदिराको मदहोशमा लठ्ठिएकी साराले कार्तिक आर्यनलाई आफूतिर तान्दै भन्छे, ‘के तिमीले पनि उही फिल गछांै, जुन मैले गरेकी छु। मलाई जे भएको छ, तिमीलाई पनि त्यही भएको छ त ?   ’

कार्तिकको प्रत्युत्तर हुन्छ, ‘हो म पनि त्यही फिल गर्छु तर मलाई पूरै खुसी चाहिन्छ। कहिले करियरको बहानामा बदलिने, कहिले जीवनको परिभाषामा समेटिने यो सम्झौतापूर्ण मिस्टेक गर्न चाहन्न।’ ऊ सारालाई उसकै घरमा छाडेर बाहिरिन्छ।

मध्यरातमा बीच बाटोमा अलपत्र परेकी सारालाई आर्यनले सहारा दिएको छ। केटा साथीसँग क्लब जाने, रक्सी खाने मस्त नाचेर हिँड्न मन पराउने सारा आधुनिक युवती हो। रक्सीले मातेकी ऊ घर फर्किने क्रममा सँगै आएको केटा साथीले बीच बाटोमै झारिदिन्छ। खुट्टा पनि ठीक ठाउँमा टेक्न नसक्ने अवस्थामा सारा बाटो बाटोमा एक्लै भौतारिरहेकी छ। उसलाई सिरियस सम्बन्ध गाँस्नु छैन। फुर्सदको बेला खुलेर रमाइलो गर्ने र कामको बेला खट्ने स्वभाव छ उसको।

इन्टरनेटको सुविधा र प्रविधिको विकासले संसार साँघुरो भइसक्यो। युवायुवतीबीचको प्रेमसम्बन्ध, आत्मीयता देखाउने तरिका पनि बदलिएको छ। आफूले माया गर्ने मान्छेसँगको सम्बन्ध लुकाएर राख्ने अवस्थाबाट अहिले खुलमखुल्ला प्रेम प्रदर्शन गर्ने समय आइसक्यो।

आधुनिक युवायुवतीको प्रेमसम्बन्ध, करियर केन्द्रित प्रेमलाई ‘लभ आजकल’ फिल्मले समेटेको छ। १४ फेबु्रअरीमा रिलिज भएको यो फिल्मको व्यापार भने औसत रहेको छ। फिल्मलाई निर्देशन गरेका छन् इम्तियाज अलीले। अलीले बनाएका फिल्मबाट दर्शकले फरक टेस्टको अपेक्षा गरेका हुन्छन्।

टेलिभिजन कार्यक्रमको लेखन र निर्देशनबाट आफ्नो निर्देशकीय क्षमता अघि बढाएका अलीले यसअघि तमासा, रकस्टार, हाइवे, लैजा मजनु, ककटेलजस्ता सफल फिल्म निर्देशन गरेका छन्।

२००९ मा बनेको ‘लभ आजकल’ फिल्मको सिक्वेलको रूपमा यो फिल्म बनेको छ। अलीकै निर्देशनमा बनेको लभ आजकल २००९ मा सुपरहिट भएको थियो। जसमा सैफ अली खान र दीपिका पादुकोणले स्क्रिन सेयर गरेका थिए।

सारा अली र कात्र्तिकको स्कुले जीवनको दृश्यबाट फिल्म सुरु हुन्छ। जहाँ कार्तिकलाई दोहोरो पात्रको रूपमा चित्रण गरिएको छ। प्रेमीको रूपमा कात्र्तिक सफ्टवेयर इन्जिनियरको भूमिकामा छन्। उता सन् १९९० को दृश्य देखाउन उनी रणदीप हुड्डाको युवा बेलाको भूमिका निर्वाह गर्ने पात्र रघुको भूमिकामा पनि छन्, जो आरुषी शर्मालाई प्रेम गर्छ।

फिल्मले ३० वर्षको अन्तरमा दुइटा कथालाई दृश्य दिएको छ। कार्तिक र साराको केमेस्टीले दर्शकलाई तान्छ। उनीहरूको प्रेमसम्बन्धमा निकै उतारचढाव आउँछ। विशेषत साराको इगोको अगाडि कार्तिक चुप बसिरहन्छ र उसलाई प्रेम गरिरहन्छ। क्याफे सञ्चालक रणदीप हुड्डाको जीवनकथामा सारा जोडिएकी छ। आफ्नो सपना, भविष्यको योजना र आफूभित्रको सोचको विषयमा हुड्डासँग बेलाबेला विवाद गरिरहन्छे। उसकै कथाले सारालाई अप्रत्यक्ष रूपमा छोएको छ। कात्र्तिक संगको प्रेमसम्बन्धमा उसले रणदीपसँग अनुभव बाँड्छे, सल्लाह लिन्छे।

आधुनिक युवा जोडीको प्रेम, शारीरिक आकर्षण, खुल्ला हुँदै गएको यौनसम्बन्ध, झगडा, करियर अगाडि बढाउने क्रममा देखिएको इगोकै वरिपरि कथा घुमिरहन्छ। आरुषी सामान्य र गाउँले युवतीको रूपमा छिन् भने सारा बोल्ड र आधुनिक युवतीको रूपमा अभिनय गरेकी छन्।

फिल्ममा लभ आजकल पार्ट १ कै गीतलाई रिएरेन्ज गरिएको छ। कात्र्तिक र साराको अभिनय, लभ प्रदर्शन, कथामा घरिघरि आउने ट्विस्ट र संगीतले पुरानो पार्टको सम्झना गराउँछ। कथामा खासै नयाँपन नभेटिए पनि युवायुवतीको अहिलेको प्रेमसम्बन्धलाई समेट्न फिल्म सफल भएको छ।

सारा अली खानलाई आधुनिक र बोल्ड युवतीको रूपमा उभ्याउन निर्देशक सफल भएका छन्। कहिले पूर्ण रूपमा प्रेममा डुब्ने, घरपरिवार त्यागेर हिँड्ने त कहिले महŒवाकांक्षी सपना पूरा गर्नका लागि प्रेमी छाडेर हिँड्ने उसको मनोदशाले आधुनिक युवतीको भावना बोक्छ। उसको मनोदशा केही अस्वाभाविक छ। ऊ मेहता गुप्रमा काम गर्ने सपनामा तल्लीन छे। सारालाई चकलेटी, चुलबुले, रोमान्टिक भूमिकामा अत्यन्तै सुहाएको छ भने कारुणिक दृश्यमा उसको अभिनयले दर्शक तान्न सक्दैन।

कलाकारको क्षमतालाई पर्दामा पूर्ण रूपमा देखाउन सफल निर्देशक हुन् अली। यो फिल्ममा पात्रहरूको मनोदशा चित्रण गर्न र फिल्मलाई आधुनिक शैलीको बनाउन ससाना दृश्यहरूमा निकै मेहनत गरेका छन्। हरेक दृश्यमा संवेदना पोख्न सफल देखिएका छन् उनी। सारा र कात्र्तिकको प्रेम प्रदर्शनमा दर्शकले आफैंलाई भेट्छ।

क्याफे सञ्चालकको रूपमा देखिएका रणदीपको अभिनयले पनि दर्शकलाई तान्न सफल छ। उनले आफ्नो भूमिकालाई पूरापूर न्याय गरेका छन्। लभरब्वाईको रूपमा उनले धेरै केटीहरूसँग सम्बन्ध स्थापित गरेका छन्। यही क्रममा आफूलाई औधी माया गर्ने आरुषीको साथ गुमाएको पत्तो नै पाउँदैनन्। उनी प्रेमसम्बन्धमा पर्ने र बिछोडिने भइरहन्छ। उनको युवाबेलाको भूमिकालाई कात्र्तिकको अभिनयले न्याय गरेको छ।

फिल्मको संवाद पक्ष पनि उत्तम छ। चर्चा कमाउन सफल ‘हाँ मै गलत’ बोलको गीतमा इरशाद कामिलको शब्दमा अरिजित सिंहले आवाज दिएका छन्। करिब दुई घण्टा १० मिनेटको यो फिल्मले दर्शकलाई औसत रूपमा खुसी बनाउन सफल छ।

०००


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.