गुल्मीमा जीप दुर्घटना : विद्युत प्राधिकरणका ७ कर्मचारी घाइते

गुल्मीमा जीप दुर्घटना : विद्युत प्राधिकरणका ७ कर्मचारी घाइते

गुल्मी : जिल्लाको गुल्मीदरवार गाउँपालिका–२ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तमघासबाट जुभुङ जाँदै गरेको लु १ च ६७०१ नम्बरको जीप सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
    
नेपाल विद्युत प्राधिकरण गुल्मीमा कार्यरत कर्मचारीको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते हुनेहरूमा पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवँर र शेरबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । 

घलेका अनुसार घाइते सबैको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ । प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि गएको प्राधिकरण प्रमुख नारायणप्रसाद अर्यालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.