भ्रष्ट र तस्करको मात्र रातारात जीवन बदलिन्छ : उपराष्ट्रपति पुन

भ्रष्ट र तस्करको मात्र रातारात जीवन बदलिन्छ : उपराष्ट्रपति पुन

रोल्पा : उपराष्ट्रपति नन्दबहादुर पुनले भ्रष्ट र तस्करको मात्र रातारात जीवन बदलिने गरेको बताए । थबाङस्थित वीर बलभद्र नमुना माध्यमिक विद्यालय स्थापना र अक्षय कोष निर्माण अभियानको आइतबार उद्‍घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

'रातारात जीवन त भ्रष्टाचारीको मात्र बदलिन्छ । कि त तस्करको। उनीहरु रातारात करोडपति र खर्बपति बन्छन्, 'उपराष्ट्रपति पुनले भने, 'जनताको जीवनस्तर रातारात बदलिने कुरा होइन । निरन्तरको इमान्दार मेहनतले मात्र आम मानिसको जीवन बदलिन्छ ।'

उत्पादन सम्बन्धलाई बदल्दै लगेपछि मात्र जनताको जीवनस्तरमा बदलाव आउने समेत उनले बताए ।

क्रान्ति भनेको घरमा रातारात पैसाको बिटो ल्याइदिने विषय नभएको उपराष्ट्रपनि पुनले बताए । 'क्रान्ति भनेको संविधान र कानुनमा परिवर्तन, राज्य संरचनामा परिवर्तन हो, 'उपराष्ट्रपति पुनले भने, 'राजनीतिक प्रवृत्तिमा परिवर्तन, उत्पादन सम्बन्धमा परिवर्तन र सोचमा परिवर्तन भयो भने मात्र देश समृद्ध हुन सक्दछ ।'

युद्धकालका कमाण्डर समेत रहेका उपराष्ट्रपति पुनले आफू सात वर्षपछि थबाङ आएको सन्दर्भ उठाउँदै भने, 'थबाङमा केही विकासका काम भएको रहेछ । शैक्षिक क्षेत्रमा समेत सकारात्मक पहल भएको पाएँ ।'

शिक्षा क्षेत्रको विकासले मात्र देशको विकासमा टेवा पुग्ने भन्दै उपराष्ट्रपति पुनले रोल्पाबाट विगतको युद्धमा धेरैको रगत बगेको स्मरण गरे । सबैभन्दा बढी मानवीय क्षति भएको रोल्पा र विगतमा युद्धको गढ मानिने थबाङले परिवर्तनमा ठूलो योगदान गरेको समेत बताए ।

वीर बलभद्र माविलाई नमुना घोषणा कार्यक्रममा थबाङ पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन।तस्बिर : जीवन रोका 

हेलिकोप्टरबाट थबाङ आएका उपराष्ट्रपति पुनसहितको टोलीलाई विद्यालयमा भव्य स्वागत गरियो । गृह जिल्ला आएका उपराष्ट्रपति पुन खुशी मुद्रामा थबाङ हेलिकोप्टरबाट ओर्लिए । नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एक स्थानीय तह एक अगुवा नमुना विद्यालय कार्यक्रमअन्तर्गत वीर बलभद्र माविलाई छनोट गरिएको हो । 

नमुना विद्यालय घोषणा गर्न उपराष्ट्रपति पुनसहित ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, पूर्वसभामुख ओनसरी घर्तीलगायतको उपस्थिति रहेको छ । 

नमुना विद्यालय बनाउन अक्षय कोष निर्माण अभियानको समेत उद्घाटन गरियो । विद्यालयलाई थप व्यवस्थित गर्न कोष निर्माणको सोच अघि सारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीले बताए । अक्षय कोषमा उपराष्ट्रपति पुनले आफ्नो एक महिनाको तलब राख्ने घोषणा समेत गरे । 

ऊर्जामन्त्री वर्षमान पुनले रोल्पाको सबै गाउँमा केन्द्रीय विद्युत लाइन विस्तारमा जोड दिइएको बताए । थबाङले युद्धमा उच्च त्याग गरेको भन्दै ऊर्जामन्त्री पुनले विकासमा प्राथमिकता दिँदै आएको दावी गरे । 'समृद्धिको आधार शिक्षा हो । थबाङमा शिक्षाको क्षेत्रमा समेत स्थानीयको पहलले सह्रानीय काम भइरहेको छ, 'नेकपा नेता समेत रहेका पुनले भने, 'देश अब समृद्धि तर्फ गइरहेको छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युतिकरणमा सरकारले विशेष ध्यान दिँदै आएको छ ।'

शिक्षामन्त्री पोख्रेलले थबाङमा नमुना विद्यालय घोषणा गर्नु गर्वको विषयको भएको बताए । शिक्षा क्षेत्रको विकासमा नेपाल सरकारले जोड दिँदै आएको बताउँदै दुर्गममा समेत प्रविधिसहितको शिक्षा विस्तार गर्नुपर्नेमा जोड दिए । विद्यालयमा गोर्खा मेमोरियल फण्ड युकेले कम्युटर ल्याब स्थापनाका लागि आवश्यक सामग्री आइतबार नै हस्तान्तरण गरेको पूर्वयूके आर्मी हिक्मत रोकाले जानकारी दिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.