पोखरा रङ्गशाला चैतभित्र बन्ने

पोखरा रङ्गशाला चैतभित्र बन्ने

पोखरा : आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा लिइन्छ। 

भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डिया र नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँको संयुक्त लगानीमा एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण भएको हो। प्रारम्भिक सम्झौताअनुसार उक्त रङ्गशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको रङ्गशालाका आयोजना प्रबन्धक इन्जिनियर दीपक बरालले जानकारी दिए। उनले भने, 'हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ। बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ।' गत वर्ष फागुन २४ गते  शिलान्यास गरिएको उक्त रङ्गशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो। सम्झौतमा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रङ्गशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पुर्‍याएको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रङ्गशाला आम दर्शक, भिआइपी, अपाङ्गता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिए। '१३ औँ साग प्रतियोगिताका लागि आवश्यक तयारीलाई मात्र जोड दिएर खेल सम्पन्न गर्‍यौं, त्यसयता रङ्गशालाको काम धमाधम भइरहेको छ। अहिले करीब ९० प्रतिशत काम सकिएको छ', उनले भने। बरालले चैत महिनाभित्र रङ्गशालाको काम सम्पन्न गरिसक्ने बताए। एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्रयाक छ। 

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले पनि चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताए। उनले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको उल्लेख गरे। पोखरामा फागुन २२ देखि चैत १ गतेसम्म १८ औं संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा १ रारा गोल्डकप’ हुँदैछ। उनले आहा गोल्डकपका लागि १३ हजार क्षमताको प्याराफिट निर्माण भइसक्ने बताए। रङ्गशालाका लागि सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर फ्रान्सबाट मगाइएको गुरुङको भनाइ छ।  

पोखरा रङ्गशालाबाट देखिने माछापुच्छ्रेको सुन्दर दृश्यावलोकनले पनि यसको सुन्दरता थपेको छ भने यसलाई आकर्षक बनाउन विभिन्न विज्ञको सल्लाह र सुझावलाई लिएर तयार गरिएको छ। फुटबल मैदानको छेउमा सिन्थेटिक ट्रयाक राखिएको छ। रङ्गशालामा खेलाडीको चेन्जिङ रुम, भिआइपी, मेडिकल, मिडिया  सेन्टर, १७ वटा शौचालय लगायतको सुविधायुक्त संरचनाहरू रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.