सकियो खोकना महोत्सव (फोटो र भिडियो)
ललितपुर : ललितपुर महानगरपालिकाको २१ वडा खोकनाले आफनो परम्परागत चिनारी, पहिचान बचाइराख्न तीन दिने महोत्सव गरेको छ। भव्य समारोहबीच शुक्रवार सुरु भएको महोत्सवको समापन आइतबार भएको हो।
भूकम्पमा ललितपुरका अन्य स्थान भन्दा खोकनाले धेरै क्षति व्योहरेको थियो। यहाँका आठ सय घर भत्किएका थिए। हालसम्म लगभग दुई सय ७५ जति घर बनेपनि अन्य बन्न सकेका छैनन।
वडाअध्यक्ष रविन्द्र महर्जनका अनुसार यसै आर्थिक वर्षभित्र चार सय घरको निर्माण सम्पन्न हुने देखिएको छ। स्थानीय लालपुर्जा नहुँदा र आर्थिक अभावका कारण अझै टहरामा बसिरहेका छन्।
स्थानीय संकटमा पनि आफ्ना पहिचान जोगाउँदै सबैको ध्यान तान्न केन्द्रित गरेका छन्। भूकम्पले थलिएको आफ्नो ठाउँलाई कसरी पुर्नजागरण गराउने र यहाँका परम्परालाई अझै चिनाउन यस कार्यक्रमको आयोजना गरेको उनले बताए।
तस्बिर र भिडियो : नितु घले र अशोक दुलाल