बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय  केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।सोमबार बिहान बालुवाटारमा अध्यक्षद्वयबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

भेटमा संविधान संशोधान, एमसीसी विवाद, कमिशन डिलको अडियो प्रकरणलगायतका विषयमा छलफल भएको बुझिएको छ। शनिबार बसेको सचिवालय बैठकले  संविधान संशोधन गर्नका लागि वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको थियो । सोही विषयमा नेकपाभित्र र बाहिर विवाद चर्किएको छ।

संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्‍ने बाटो खुलेपछि मात्र सांसद बन्ने अडान बामदेव गौतमले लिएपछि नेकपाले संविधान संशोधनको तयारी थालेको हो। 

गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राख्दै आएका छन्।कार्यदल गठन विवादमा परेपछि नेताहरूले यस विषयमा दुई थरी कुरा गर्न थालेका छन्। निर्णय सार्वजनिक भएपछि सचिवालय सदस्यमै मत बाझिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच यो विषयको बुझाइमै अन्तर देखिएको छ। ओली पक्षले यो निर्णय सचिवालयमा नभएको तर्क अघि सारेको छ। सचिवालयकै केही नेता भने बैठकमा छलफल भई कार्यदल गठन गर्ने निर्णय भएको जिकिर गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.