लागुऔषधसहित तीनजना प्रक्राउ
बेनी : जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुईजना र बागलुङका एकजनालाई बागलुङ नगरपालिका-१० भकुण्डेबाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका १० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका लक्की पुन रहेका प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
२० वर्षीय दरवाङका छन्त्याल र चिमखोलाका १८ वर्षीय पुन बेनीमा बस्दै आएका छन् । उनीहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ ।
लागऔषध र तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।